आइओएम र पाटनको एमबिबिएस प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश

  २०७६ भदौ २० गते १९:३६     विकासन्युज

काठमाडौं। सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबिबिएस प्रवेश परीक्षा तत्काल नगर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चले शनिबारका लागि तय भएको आइओएमको प्रवेश परीक्षा तत्कालै रोक्न र छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो।

आयुष ओझाले चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आदलतमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.