सहसचिव र उपसचिवमा खुल्लामा भिड्दा पहिलेको सेवा गणना नहुने

  २०७६ भदौ २० गते १८:४७     विकासन्युज

काठमाडौ । निजामती सेवामा रहेका कर्मचारीले उपसचिव तथा सह–सचिवमा खुल्लामा प्रतिष्पर्धा गर्दा पहिलेको सेवा अवधिको गणना नहुने भएको छ । उक्त प्रावधान राख्ने विषयमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको संघिय निजामती सेवाको गठन, संचालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन माथिको छलफलमा सहमति भएको हो ।

राजपत्राङ्कित द्धितिय श्रेणीमा (उपसचिव) र प्रथम श्रेणी (सहसचिव) को हकमा १० प्रतिशत खुल्ला, १० प्रतिशत अन्तरतह खुल्ला प्रतिष्पर्धा, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ७० प्रतिशत कार्यक्षमता र ज्येष्ठताका आधारमा बढुवा हुने भएको छ । निजामती सेवा भन्दा बाहिरका विशिष्ट क्षमता भएका प्रतिभाशाली व्यक्तीहरुलाई उपसचिव र सहसचिवमा प्रवेश गराउनका लागि खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएको बताइएको छ ।

सदस्य नवराज सिलवालले भने– ‘यसको मुख्य उदेश्य भनेको ९० प्रतिशत भित्रकै कुरा हो, १० प्रतिशत न्यूनतम बाहिरबाट फ्रेस इनोभेटीभ, क्रिएटिभ, नयाँ ब्रेन पावर भएको, इन्टलिजेन्स मान्छे आएर निजामतीमा आओस् भन्ने हो ।’ राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) मा पनि ७० प्रतिशत खुल्ला, १० प्रतिशत अन्तरतह र १० प्रतिशत कार्यमूल्याङ्कनका आधारमा हुने प्रावधान राख्ने विषयमा सहमति भएको छ ।

राजपत्र अनङ्कित श्रेणीविहिन पाँचौ तहका सबै पद खुल्ला प्रतियोगिताबाटै लिने राजपत्र अनङ्कित द्धितीय श्रेणी ८० प्रतिशत खुल्ला र २० प्रतिशत अन्तरतह प्रतियोगीता, राजपत्र अनङ्कित प्रथम श्रेणी ५० प्रतिशत खुल्ला, ५० प्रतिशत कार्यक्षमताका आधारमा बढुवाका आधारमा हुने व्यवस्था राख्न सहमति भएको छ ।
श्रेणी विहीन कार्यालय सहयोगी र सवारी चालकलाई स्थायी बनाउने कि नबनाउने भन्ने विषयमा भने समितिमा जुटिसकेको छैन । यस्तै, एउटै दलका सदस्यबीचमा पनि मत बाझिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.