जनशक्ति व्यवस्थापन योजना निर्माणमा नेपाल १०० वर्ष पछाडि

  २०७६ भदौ २० गते १६:४६     विकासन्युज

काठमाडौ । श्रम, रोजगार तथा सुरक्षा मन्त्री गोकर्ण विष्टले जनशक्ति व्यवस्थापनको योजना निर्माणमा नेपाल सय वर्ष पछाडि रहेको बताएका छन् । राजधानीमा आयोजित आठौँ मानव संसाधन सम्बन्धी कार्यक्रममा मन्त्री विष्टले दक्ष जनशक्ति निर्माण बिना मुलकले समृिद्धको बाटो नसमाउने बताएका हुन् ।

विष्टले विकसित राष्ट्रले विज्ञानको क्षेत्रमा ठूलो फड्गो मार्दा नेपाल मानव संसाधन विकास र प्रविधिको पहुँचमा पछाडि परेको बताए । ‘आगामी दिनमा मानव संसाधन विकास रणनीतिमा सरकारले विशेष ध्यान दिनेछ,’ उनले भने ‘यसका लागि नयाँ शिक्षा नीति ल्याउन लागिएको छ ।’ रणनीति कार्यान्वयन गर्न सरकारले ५ जना मन्त्रीको कार्यदल समेत गठन गरेको उनले जानकारी दिए ।

४ लाख जनशक्तिलाई तालिम दिने सरकारको योजना पूरा गर्न हम्मे 

सरकारले ४ लाख जनशक्तिलाई तालिम दिने लक्ष्य राखे पनि सो कुरा पूरा गर्न आफूलाई त्यति सहज नभएको बताए । जनशक्तिलाई तालिम दिन स्रोत साधनको अभाव भएको उनको भनाइ छ । योग्य जनशक्ति उत्पादनमा सहज नहुनु, तालिम दिने दक्ष व्यक्तिको कमी हुनु, योग्य संरचनाको अभाव हुनु लगायतका कारण आफूहरु अघि बढ्न केही समस्या रहेको उनको बुझाइ छ । हाल वैदेशिक रोजगारीमा जाने १.५ प्रतिशत जनशक्ती मात्र दक्ष रहेको पाइन्छ ।

एचआर सोसाइटीका अध्यक्ष मोहन ओझाले संस्था स्थापनाको उदेश्य तथा महत्वको बारेमा चर्चा गरेका छन् । संस्थामा २ सय ५० भन्दा बढी सदस्य रहेका छन् । संस्थाले ५ वर्षे खाका तयार गरि सकेको छ । उक्त योजनामा सन् २०२० देखि सन् २०२४ सम्मका लक्षित कार्यक्रम तय गरिएको छ ।

हाल १ सय ५ संस्थामा अध्ययन गरेर प्रारम्भिक रिर्पोटको तयार भएको संस्थाले जनाएको छ । भविष्यमा ५ सय भन्दा बढी संस्थाको अध्ययन गर्ने संस्थाको योजना छ । कार्यक्रममा डक्टर मोहन दास मानन्धरले भने– राजनीतिक परिवर्तन देशले पाइसकेकाले अबको दिनमा आर्थिक समृद्धी तर्फ सबै जना लाग्नु पर्ने बेला सिर्जना भइसकेको छ । उनले अबको समाज भनेको समतामूलक समाज भएको बताए ।

उत्पादमूलक समाज नै अहिलेको विश्वमा आवश्यक रहेकाले यसमा सबै जना लाग्नु पर्ने उनले बताए । कार्यक्रममा रिसर्च कोअडिनेटर सरिता कार्कीले पेपर प्रिजेन्ट गरेकी थिइन । बेरोजगारी बढ्दो क्रममा रहेका कारण राम्रा तालिम तथा पाठ्यक्रममा समेत सुधार गर्न आवश्यक रहेको उनको बुझाइ छ । मानस संसाधन सम्बन्धी कार्यक्रमको अवसरमा उनले नेपालमा निर्णय गर्ने क्षमता तथा लेखन विकासको आवश्यकता रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.