वादीका हायु समुदायलाई आरम्भले दियो वित्तीय साक्षरता तालिम

  २०७६ भदौ २० गते १०:१५     विकासन्युज

काठमाडौं । देशको १५ पहाडि जिल्लाहरुमा १५,५०० घरधुरीमा विपन्न घरपरिवारमा सेवा विस्तार गरी रहेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र १८ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वादी गाउँका हायु समुदायका ५० ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” संञ्चालन गरेको छ ।

तालिमको संञ्चालन मन्थली शाखाका शाखा प्रवन्धक बैकुण्ठ लुँईटेलले गरेका थिए । यस संस्थाको केन्द्रीय कार्यालयका अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख सन्तोष थापा, मन्थली शाखाका शाखा प्रवन्धक बैकुण्ठ लँुईटेल, चरिकोट शाखाका शाखा प्रवन्धक निकेश श्रेष्ठ, शाखाका कनिष्ठ सहायक दिलकृष्ण बस्नेतले प्रशिक्षकको भूमिका निर्वाह गरेका हुन् ।

उक्त तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथामका बारेमा छलफल भएको थियो ।

त्यसैगरी, ब्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएका थिए ।

वित्तीय साक्षरता तालिममा तालिमको बारेमा वादी आरम्भ महिला केन्द्र, केन्द्र नं. १९ का केन्द्र प्रमुख मिना हायुले यस किसिमको तालिम महत्वपूर्ण रहेको बारेमा जानकारी गराएकी थिइन् । बजेट बनाएर कार्य गर्दा बचत गर्न सजिलो पर्दो रहेछ त्यस्तै फडिरडाँडा आरम्भ महिला केन्द्र, केन्द्र नं. २८ का केन्द्र प्रमुख गंगा मगरले जोखिम न्यूनीकरण ब्यवसायिक योजना, लघुव्यवसाय ऋणको सदुपयागिता, पारिवारिक बजेट तथा कसरी ब्यवसायिक हुन सकिन्छ भनेर कार्यक्रमबाट जानकारी पाएकोमा खुसी ब्यक्त गरेकी हुन् । त्यसैगरी केन्द्र नं. २८ लाई आरम्भको उत्कृष्ट केन्द्र बनाउने अठोट व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.