सिटिजन लाइफ र ई–सेवा बीच साझेदारी

२०७६ भदौ १९ गते १५:०२ विकासन्युज

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी ले नेपालको अनलाईन पेमेन्ट सिस्टम ई–सेवासँग साझेदारी गरेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा प्रमुख संचालन अधिकृत दशरथमनि खड्का र ई–सेवाका कार्यकारी अधिकृत सुभाष सापकोटा बीच उक्त साझेदारी भएको थियो।

उक्त साझेदारीले ई–सेवा अनलाईन पेमेन्ट मार्फत बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको छ।