प्रहरीमा जागिर दिन्छु भन्दै घुसखाने पूर्व सभासद पक्राउ

  २०७६ भदौ १९ गते १४:५२     विकासन्युज

काठमाडौं । तत्कालिन संविधान सभाका सभासद डोल बहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षकको नोकरी लगाई दिने बाहनामा राजकुमार राईसँग पटक पटक गरी चार लाख पाँच हजार घुस खाएको मुद्दामा दोषी ठहर भएको पूर्व सभासद कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

विहीबार सतुङ्गल, काठमाडौंबाट पक्राउ परेका कार्कीलाई प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।

सर्वोच्च अदालतको मिति २०७६ असार १७ गतेको फैसला गर्दै पूर्व सभासदलाई दोषी ठहर गरेको थियो । स्याङ्जा जिल्ला टकसार गा.वि.स. वडा नं. ६ स्थायी घर भएका कार्की हाल काठमाडौंमा बसोबास गर्दै आएका थिए ।

उनलाई अदालतले एक लाख जरिवाना र ६ महिना कैद हुने ठहर भएको गरेको छ । कार्कीलाई पीडित राजकुमार राईसँग दुई लाख पाँच हजार र स्वामी ब्रम्हानन्द उदासीनसँग एक लाख रुपैयाँ डोलवहादुर भन्ने डि.वि.कार्कीले लिएको भन्ने जाहेरी उनीमाथि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.