कामना बैंक र इष्टर्न एजेन्सीजबीच व्यापार सम्झौता 

  २०७६ भदौ १९ गते १४:४१     विकासन्युज

काठमाडौं ।  केन्द्रीय कार्यालय ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा
कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीज प्रा. लि.का प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा.लि मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

काठमाडौं, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सि ( आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.