मार्जिन कारोबारको अर्को गाँठो फुक्यो, छुट्टै डिम्याट खोल्न नियमावली स्वीकृत

  २०७६ भदौ १९ गते ११:४६     विकासन्युज

काठमाडौं । मार्जिन कारोबारमा देखा परेको अर्को कानुनी जटिलता अन्त्य भएकोे छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र केन्द्रिय सेवा नियमावली २०६८ मा संसोधन गरी त्यस्तो जटिलता अन्त्य गरेको हो । यो सँगै मार्जिन कारोवारका लागि छुट्टै हितग्राही खाता (डिम्याट) खोलेर अघि बढ्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई बाटो खुलेको छ ।

अब सिडिएससीले मार्जिन कारोबारको लागि छुट्टै हितग्राही खाता खोल्ने व्यवस्था गर्नुपर्ने छ । सो खाताको आधारमा धितोपत्र दलाल (ब्रोकर) हरुले आफ्ना ग्राहकहरुसँग मार्जिन कारोबार गर्न पाउँने छन् । नियमावली स्विकृत भएसँगै मार्जिन कारोबार प्रकृया अघि बढ्ने र यसले पूँजी बजारको दायरा बृद्धी हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने विश्वास बोर्डले व्यक्त गरेको छ ।

मार्जिन कारोवार संचालनका लागि लगानीकर्ताहरुले निरन्तर दवाव दिँदै आएपनि धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्ट्र बैक, सिडिएससी जस्ता संस्थाहरुबीच समन्वय नहुँदा यो प्रकृया वर्षौ देखि अड्किएको थियो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिफारिसमा नेपाल राष्ट्र बैकले केही ब्रोकरहरुलाई मार्जिन कारोबार गर्न स्विकृती दिइ सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.