टानको नयाँ नेतृत्वका लागि शुक्रबार निर्वाचन हुँदै, थापा र सुवेदी भिड्ने

  २०७६ भदौ १९ गते १०:५३     विकासन्युज

काठमाडौँ । पदयात्रा व्यवसायीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को नयाँ नेतृत्वको लागि शुक्रबार निर्वाचन हुँदैछ ।

टानको आगामी अध्यक्षका लागि आसाही ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक अञ्जन थापा(कुमार) र युनिक एडभेन्चर इन्टरनेसनल प्रालि, ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक खुमबहादुर सुवेदी छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

थापा प्यानलबाट बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्ष प्रकाशचन्द्र देबकोटा, द्वितीय उपाध्यक्ष तेञ्जिङ शेर्पा, महासचिव सरिता लामा, सचिव दामोदर ढकाल, कोषाध्यक्ष टेक खकुराल र सह-कोषाध्यक्षमा प्रदीप पाण्डे छन् । यसैगरी सदस्यहरुमा रघु पौडेल, निमा डिकी शेर्पा, मिङ्मा शेर्पा, प्रेमबहादुर लामा, सुनिल सिलवाल र कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।

यता, सुवेदी प्यानलबाट बरिष्ठ उपाध्यक्ष नविन त्रिताल, प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्की, द्वितीय उपाध्यक्ष भरत सापकोटा, महासचिव कर्मा शेर्पा, सचिवमा प्रदीप घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ छन् । सदस्यहरुमा केशवप्रसाद दाहाल, खोमराज अधिकारी, कान्छा शेर्पा, सिम्बिर घले र सोनाम ग्याल्जेन शेर्पा छन् ।

गुणस्तरीय साहसिक तथा पर्वतीय पर्यटन व्यवसाय विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त व्यवयायिक टान भन्ने नारा सहित थापा समूह चुनावी मैदानमा उत्रिएको छ ।

यता, ३१ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको थापा समूहले पदयात्रा व्यवसायीको लागि गर्व गर्न लायक टान बनाउने उद्घोष गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.