मनकामना केवलकार ५ दिन बन्द, कहिलेदेखि हुन्छ सुचारु ?

  २०७६ भदौ १९ गते ९:११     विकासन्युज


काठमाडौँ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकार ५ दिन बन्द हुने भएको छ । केवलकार सञ्चालनको २० वर्षपछि केबलकार ५ दिन बन्द हुन लागेको हो ।

केवलकार निर्माता कम्पनी डोप्पेलमेयर अष्ट्रियाका दिशानिर्देश र एउटा निश्चित अवधिमा पूरा गर्नु पर्ने प्रक्रिया तथा मापदण्ड बमोजिम उक्त कम्पनीका प्राविधिकहरुको प्रत्यक्ष निगरानीमा मर्मत गर्नु पर्ने भएकाले भदौ २२ गतेदेखि २६ गतेसम्म केवलकार सेवा बन्द हुने जनाइएको छ । २७ गतेदेखि केवलकार पुनः नियमित सञ्चालन हुनेछ ।

केवलकारको बुलह्वील लिनर चेञ्जिङ, मेन मोटर सर्भिसिङ र रोप रि–स्पीसिङको मर्मत सम्हार गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.