७ महिनामा काठामाडौंमा पानी आउने, नयाँ वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी

  २०७६ भदौ १८ गते १२:५३     विकासन्युज

काठमाडौं । आगामी वैशाखसम्म मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा आउने भएको छ ।

आज सार्वजनिक लेखा समितिको कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कँडेलले सात महिनामै मेलम्चीको पानी काठमाडौं खसाल्ने बताएका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता भई सकेको र कम्पनीले काम अघि बढाइसकेको उनले बताए । सात महिनामै काम सक्ने प्रतिवद्धतासमेत जनाएको उनले बताए । सिनो हाइड्रोसँग १० महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भएको छ ।

सात महिनामै काम सम्पन्न गरे १० प्रतिशत बोनस दिने भनेपछि सिनोले सात महिनामै निर्माण सम्पन्न गर्ने बताएको हो । तर, लामो समयदेखि मेलम्चीको काम सकिने लागेको भन्दै विगत केही वर्षदेखि मन्त्रीदेखि मन्त्रालय र आयोजनाका अधिकारीहरुले आशा देखाउने तर आयोजना सम्पन्न नहुने अवस्थाका कारण काठमाडौं बासीहरु निराश हुँदै गएका थिए ।

मेलम्ची बनाउने ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सिएमसी भागेपछि आयोजना थप अन्योलमा परेको थियो । यसैबीच केही दिनअघिमात्रै सिनो हाइड्रोसँग बाँकी काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ । आयोजना प्रमुख कँडेलले खानेपानीको पाइप विस्तारका क्रममा ३० करोड रुपैयाँ क्षति पुगेको समेत समितिलाई जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.