नेपाल रेमिट र रेमिट्ली बिच रेमिट्यान्स सम्झौता, युरोपेली राष्ट्रमा सेवा विस्तार

  २०७६ भदौ १८ गते १२:२८     विकासन्युज

काठमाडौं। नेपाल रेमिट इन्टरनेशनल प्रा लि. ले अमेरिका, बेलायत र युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ।

अब उक्त स्थानमा रहेका नेपालीहरुले रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चाहेको आफन्तलाई आफ्नै मोबाईल बाट पैसा पठाउन र नेपालमा नेपाल रेमिट सँग आबद्द बैंक तथा ३००० भन्दा बढी पेमेन्ट काउन्टरहरु बाट सजिलै निकाल्न सक्नेछन्।

रेमिट्लीको उच्च ब्यबस्थापनले नेपालमा नेपाल रेमिटसँग सम्झौता गर्न र आपसी सहकार्यमा आफ्नो सेवा बिस्तार गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा नयाँ र उत्कृष्ट किसिम का सेवाहरु थप गर्दै लैजाने जानकारी दिएका छन।

नेपाल रेमिट ले बिगत १४ बर्ष देखी बिश्वभरि छरिएर रहेका आफ्ना शहयात्रीहरु एक्स्प्रेस मनी, वर्ल्ड रेमिट , ईन्स्ट्यान्ट क्यास, स्पिड रेमिट, क्यास एक्स्प्रेस, अलनसरी एक्स्चेन्ज, मनी ट्रान्स, स्मल वर्ल्ड, स्मार्ट मनी, सिग्यु, मनी ट्रान्स, युनीस्ट्रिम र नेपाल भरी छरिएर रहेका ३००० बढी एजेन्ट हरु बाट सेवा दिदै आएको छ, भबिस्यमा अझै सहज र उत्कृष्ट सेवा दिन निरन्तर लागि परिरहने कम्पनीका प्रमुख कार्यकरी अधिकृत रितेश मित्तलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.