भारित औसत लागत गणना सुरु, सीडीएससीकाे लागत गणनामा ग्राहककाे सहिछाप !

  २०७६ भदौ १७ गते १०:०६     विकासन्युज

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले शेयरको भारित औसत लागत गणना विधि प्रयोगमा ल्याएको छ । परीक्षणको लागि भन्दै सीडीएससीले छुट्टै डोमेनमार्फत् त्यस्तो प्रणाली सार्वजनिक गरेको हो ।

सो प्रणालीअनुसार कुनैपनि शेयर लगानीकर्ताको डिम्याट खातामा भएको शेयरका सम्पूर्ण स्क्रिपहरुको छुट्टाटुट्टै कारोबारको लागत सीडीएससीको सिस्टममा देखिनेछ, जसको प्रत्येक कारोबारको लागत भेरिफाई गरेपछि मात्रै सीडीएससीको सिस्टमले भारित औसत लागत गणना गरिदिनेछ ।

यसरी लागत भेरिफाई गर्दा सीडीएससीको सिस्टमले देखाएको लागतमा ग्राहकले सहीछाप भने गर्नुपर्नेछ, यसमा अन्यथा भएमा ग्राहक स्वयं जिम्मेवार हुने शर्त सिस्टममा अनिवार्य गरिएको छ ।

यो प्रणालीको सुरुवात भएपछि ग्राहकलाई ब्रोकर कार्यालयमा गएर लागतमा सहिछाप गर्नुपर्ने अवस्था अन्त्य हुनेछ तर सीसीएससीको सिस्टममा केही खराबी आयो वा अन्य कारणले सीडीएससीको रेकर्डमा रहेको लागत कम वा बढी हुन गयो भने चाहिँ त्यसबाट हुनजाने नोक्सान वा सरकारी कारबाहीको भागिदार भने स्वयम् लगानीकर्ता नै हुनुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत् शेयर कारोबारबाट हुने पुँजीगत लाभकर भारित औसत लागतका आधारमा गर्ने र त्यसको कर ५ प्रतिशत लिने व्यवस्था गरे पनि लाभकर कसरी गणना गर्ने भन्ने सम्बन्धमा ठूलो अन्यौलता कायम भएको थियो । यसले गर्दा लगानीकर्ताहरु ब्रोकर कार्यलयमा गएर आफ्नो लागतको सहीछाप गराउन बाध्य थिए । एकभन्दा बढी ब्रोकरबाट बारोबार गर्नेहरुले भने सबै ब्रोकरबाट गरिएको कारोबार संकलन गरेर बिक्री गर्ने ब्रोकरलाई लागत बुझउन बाध्य भएका थिए ।

परीक्षणको रुपमा सुरु गरिएको यो प्रणाली सफल भयो भने यसले शेयरको अनलाइन कारोबारमा सहयोग गर्नेछ तर सीसीएससीको गणनामा ग्राहकले किन सहीछप गर्ने र सिस्टममा समस्या हुँदा पनि ग्राहक सजायको भागिदार किन हुने भन्ने प्रश्न चाहिँ यसले छाडेको छ ।

कसरी गकसरी गर्ने लागत गणना ?, हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.