बीमा कम्पनीमा छैनन् महिला सीइओ, प्रमुख पद सम्हाल्नेमा निर्मलदेवी बीमा इतिहासकै पहिलो

  २०७६ भदौ १६ गते १७:४६     नबिन पोखरेल


काठमाडौँ । बीमा कम्पनीको इतिहासमा हालसम्म १ जना महिनामा मात्र प्रमुख कार्यकारी अधिकृत(सिइओ) भएकी छिन् । हाल सगरमाथा इन्स्योरेन्स कम्पनीको इन्डिपेन्डेन्ट डिरेक्टर निर्मलदेवी मानन्धर एनबी एन्स्योरेन्स कम्पनीको सीइओ भएकी थिइन् । उनले प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको सिनियर डेपुटी जेनेरल म्यानेजरको रुपमा समेत काम गरेकी थिइन् । उनीपछि बीमा कम्पनी कुनैपनि महिला सीइओ भएका छैनन् ।

नेपालमा २० वटाको संख्यामा रहेको निर्जीवन, १९ वटाको संख्या रहेको जीवन बीमा र १ पुनर्बीमा कम्पनी छन् । तर ती कम्पनीहरुमा १ जनापनि महिना सीईओ छैनन् । नेपाली बीमा कम्पनीले अन्य पदहरुमा उल्लेख्य मात्रमा महिलाहरु सहभागी भएपनि सीइओ पदमा भने एक जनापनि नभएका हुन् ।

नेपाली समाजमा विगतका दिनमा पुरुष प्रधान समाज भनिदै आएपनि हाल भने कानुनी रुपमा नै महिला–पुरुष बराबर मानिन्छ । पछिल्लो समयम नेपालमा महिलाहरुले समेत विभिन्न प्रमुख पदहरु सम्हाल्दै आएको उदाहरणहरु हामी माझ थुप्रै छन् । नेपालको राष्ट्रपति पदमा विद्यादेवी भण्डारी छिन्, उनले सम्हाल्दै आएको कार्यकाल दोस्रो हो । यस्तै, प्रधानन्यायाधीश, सभामुख जस्ता पदमा पनि महिलाले कार्यभार सम्हालिसकेका छन् ।

नेपालमा बीमा कम्पनीको प्रमुख पदमा महिलाहरुको उपस्थितिको विषयमा बीमा विज्ञ भोजराज शर्माले पछिल्लो समय बीमा बजारमा महिलाहरुको रुची रहेको बताए । उनले भने–‘नेपालमा बीमा नै आफैँ प्रारम्भिक चरणमा रहेकाले तत्काल महिलाहरु प्रमुख कार्यकारी पदमा पुग्न केही समय लाग्न सक्छ ।’ उनले पहिलेको तुलनामा बीमा क्षेत्रमा महिला सहभागिता वृद्धी भएको बताए ।

यस्तै, जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी)का जेनेरल म्यानेजर एस. के टमोट भन्छन्–‘अहिले हाम्रो कम्पनीमा ५० प्रतिशत महिला कर्मचारीहरु हुनुहुन्छ उहाँहरुको कार्य क्षमतापनि राम्रो छ ।’ उनले कतिपय महिला कर्मचारीहरुले हरितालिका तीजको दिनमा समेत ब्रत बस्दै काम गर्न समेत रुचाउँनु भएकोमा खुशी व्यक्त गरे ।

जेनेरल म्यानेजर टमोटले आगामी दिनमा भने महिला प्रमुखको सम्भावना रहेको कुरा व्यक्त गरे । साथै, वर्तमान अवस्थामा समेत १, २ बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी बन्ने पूर्ण सम्भावना भएका महिला कर्मचारीहरु रहेको बताए ।

यस्तै सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार–‘केही महिलाहरुले बीमा क्षेत्रमा काम सम्हालीरहेको भए हाल सीईओ पदमा महिला हुने सम्भावना रहेको थियो ।’ उनले आगामी दिनमा समेत महिलाहरुको लागि बीमा क्षेत्र पेशागत रुपमा समेत सहज क्षेत्र हुने जानकारी दिए ।

संभावना छ: 
आगामी दिनमा बीमा कम्पनीको प्रमुख कार्यकारी पदमा महिला हुने सम्भावना धेरै रहेको जानकारहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो समय बीमाको पहुँचमा बृद्धी हुँदै जानु तथा महिलाहरुको बीमा क्षेत्रमा आकर्षण बढ्नुलाई बीमा कम्पनीको प्रमुख पदमा महिला हुने सम्भावनालाई राम्रो आधारको रुपमा लिईएको पाईन्छ ।

वित्तीय क्षेत्रमा महिला:
वित्तीय क्षेत्रमा पनि महिनाको उपस्थिति राम्रै छ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अहिले महिना नै छिन् । महासंघको अध्यक्ष रहेकी भवानी राणा आफ्नो कार्यकालको अन्तिम चरणमा रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.