ओपोद्वारा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन २०१९ को घोषणा

  २०७६ भदौ १६ गते १४:४९     विकासन्युज

काठमाडौँ । स्मार्टफोन ब्राण्ड ओपोले नेपालीहरुको महान् चाड बडा दशैँको शुभअवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोन मार्फत आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्ने छन् ।

महान चाड बडा दशैँ, उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडादशैँ’ एसएमएस क्याम्पेनको घोषणा गरेका छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

क्याम्पेन अवधिभर कुनैपनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपो ≤स्पेस≥ आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्य एकले, बालीवाबाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन् । त्यसैगरी,अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यसैगरी दशैँको अवसरमा कम्पनीले ‘बडा दशैँ एसएमएस’ क्याम्पेनका साथै आफ्ना बेष्ट सेलिङ मोबाइल फोनहरु एफ११ सिरिज र आर१७प्रोमा ‘प्राइस ड्रप’ अफर पनि सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अब एफ११ प्रोको मूल्य रु.४१ हजार ९ सय ९०, एफ११ को रु. ३१ हजार ९ सय ९० र आर१७प्रो रु. ५९ हजार ९ सय ९० निर्धारण गरिएको छ । पहिले यी मोबाइलको मूल्य क्रमशः रु. ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो । नयाँमूल्य सुची सेप्टेम्बर २ देखि नेपालभर लागु हुने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.