आधा प्रतिष्ठान अझै सरकारी नियमनबाहिर

  २०७६ भदौ १६ गते १३:५०     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा रहेका करिब आधा व्यवसायिक प्रतिष्ठानहरु बिनादर्ता सञ्चालनमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा देशभरका ४९.९ प्रतिशत त्यस्ता प्रतिष्ठानहरु दर्ता नै नगरी सञ्चालनमा रहेको जनाइएको हो ।

विभागले अघिल्लो वर्ष गरेको राष्ट्रिय आर्थिक सर्भेक्षणमा देशभरमा ९ लाख २३ हजार ३५६ ओटा व्यवसायिक प्रतिष्ठानहरु अस्तित्वमा रहेको जनाइएको छ, जसमध्ये ४ लाख ६० हजार ४२२ ओटा प्रतिष्ठान दर्ता नभएकोमा बाँकी ४ लाख ६२ हजार ६०५ ओटा संस्था मात्रै दर्ता भएर सञ्चालनमा भएको उल्लेख गरिएको छ जुन ५०.१ प्रतिशत हो ।

देशभर रहेका उक्त संख्याका प्रतिष्ठानहरुमध्ये ३ लाख ९४ हजार २१९ ओटा संस्थाहरु पछिल्लो ३ वर्षमा दर्ता भएका हुन् । त्यस्तै, कुल प्रतिष्ठानहरुमध्ये ४६.७ प्रतिशतको आफ्नै भवन रहेको, ४९.७ प्रतिशत भाडामा बसेको र बाँकी ३.६ प्रतिशत भौतिक उपस्थितिबिनै सञ्चालनमा रहेको जनाइएको छ । सर्भेक्षणले व्यवसायिक कार्यमा सहभागी हुनेको कुल संख्या ३२ लाख २८ हजार ४५७ रहेको समेत जनाएको छ जुन प्रतिप्रतिष्ठान ३.५ जना हुन आउँछ ।

कुन प्रदेशमा कस्तो अवस्था ?

प्रदेश १ मा कुल १ लाख ६८ हजार ५१८ व्यवसायिक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा २ लाख २४ हजार ३७ जना पुरुष र २ लाख २० हजार ४२ जना महिला गरि ५ लाख ४४ हजार ७९ जनाले सहभागी छन् ।

प्रदेश २ मा कुल १ लाख १७ हजार ६७० व्यवसायिक प्रतिष्ठानहरु रहेका छन् । सो प्रदेशमा २ लाख ६८ हजार २७९ जना पुरुष र ८६ हजार ७१५ जना महिला गरि ३ लाख ५४ हजार ९९४ जनाले सहभागिता जनाएका छन् ।

प्रदेश ३ मा २ लाख ८२ हजार ९२० व्यवसायिक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा ७ लाख ३१ हजार ७८३ जना पुरुष र ४ लाख ८६ हजार ७४१जना महिला गरि १२ लाख १८ हजार ४९७ जना संलग्न रहेको जनाइएको छ ।

गण्डकी प्रदेश मा १ लाख ६८७ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा १ लाख ८५ हजार ४ सय जना पुरुष र १ लाख ४७ हजार ७२ जना महिला गरि ३ लाख ३२ हजार ४७२ जना छन् ।

प्रदेश ५ मा १ लाख ४७ हजार ७८९ व्यवसायिक प्रतिष्ठानहरु रहेका छन् । सो प्रदेशमा ३ लाख ६ हजार ८९२ जना पुरुष र १ लाख ६७ हजार ३७२ जना महिला गरि ४ लाख ७४ हजार २६४ जनाले रोजगारी पाएका छन् ।

कर्णाली प्रदेश मा ४२ हजार ८०७ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा ७० हजार ८१४ जना पुरुष र ४८ हजार १३७ जना महिला गरि १ लाख १८ हजार ९५१ जनाले रोजगारी पाएका छन् ।

सुदुरपश्चिम प्रदेशमा ६२ हजार ९६८ व्यवसायीक प्रतिष्ठानहरु रहेका छन । सो प्रदेशमा १ लाख २५ हजार ३२ जना पुरुष र ६० हजार १६८ जना महिला गरि १ लाख ८५ हजार २ सय जनाले रोजगारी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.