१५ कम्पनीका पौने ३ लाख कित्ता शेयर लिलामीमा, घट्दो बजारमा सस्तोमा शेयर उठाउने अवसर

  २०७६ भदौ १६ गते ११:५६     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बैंक, साञ्जेन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर लगायत १५ कम्पनीका करिब पौने ३ लाख कित्ता शेयरको बोलकबोल सुरु भएको छ । सिद्धार्थ क्यापिटले सञ्चालन गरेको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको स्वामित्वमा रहेको १५ कम्पनीका २ लाख ७६ हजार ११ कित्ता शेयर र ३ ओटा म्युचुअल फण्डका २६ हजार ईकाईहरु बोलबकोल बढाबढमार्फत् बिक्रीका लागि लिलामीमा राखिएको हो । सो बिक्री सोमबारदेखि खुला भई भदौ २२ गतेसम्म खुला रहनेछ ।

उक्त लिलामीमा युनिर्भुल पावरको सर्वाधिक ६७ हजार ४८० कित्ता, ग्लोबल आईएमई बैंकको ६५ हजार ९७७ कित्ता, नेपाल बैंक लिमिटेडको ५३ हजार १०६ कित्तासहित नबिल बैंक, साञ्जेन र रसुवागढी हाइड्रोपावर, ओम डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स लगायतका शेयरहरु समेत समावेश छन् ।

उक्त लिलामीबाट आर्जित रकम फण्डले आफ्ना इकाईधनीहरुलाई फिर्ता गर्नेछ भने योसँगै उक्त स्कीम बन्द हुनेछ । यसअघि नबिल बैंकको नबिल ब्यालेन्स फण्डले समेत आफ्नो अवधि पूरा गरी रकम फिर्ता गरेको थियो ।

अहिले नेपाल शेयर बजार परिसूचक घट्दो क्रममा छ । सोसँगै सबैजसो कम्पनीको शेयरमूल्यमा समेत क्रमशः गिरावट आइरहेको छ । यो समयमा खुलेको लिलामीले लगानीकर्तालाई आफुले रोजेको कम्पनीको शेयर सस्तोमा छानीछानी किन्ने अवसर प्राप्त हुनेछ । सामान्यतया दोस्रो बजारको मूल्यभन्दा यस्तो लिलामीको कटअफ मूल्य कम हुने गरेको नजिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.