गण्डकी विकास बैंकद्वारा शैक्षिक सामाग्री वितरण

  २०७६ भदौ १६ गते ९:२३     विकासन्युज


काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले भरतपुर महानगरपालिका वडा नं.११, भोजाड, नयाँकिरणटोलमा रहेका नयाँकिरण माध्यमिक विद्यालयमा शैक्षिक समाग्री वितरण गरेको छ ।

कक्षा १ देखि १० सम्मका करिब ५५० विद्यार्थी मध्ये २० जना गरिब, जेहेन्दार, टुहुरा, दलित बिद्यार्थीहरुलाई विद्यालय परिसर मै कापीकिताब राख्ने झोला, कपी, कलम, पेन्सिल, साबुन वितरण गर्ने कार्य सम्पन्न गरेको हो ।

बैंकका नारायणगढ कलस्टर प्रमुख, नायबप्रबन्धक सुरज शर्मा, भमनपा-११, भोजाड शाखाका शाखा प्रमुख केशबराज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डे, विद्यालयका प्रधानध्यापक रामेश्वर अधिकारी लगायतले संयुक्त रुपमा एक शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.