नेपालीले एक वर्षमा चपाएरै थुके ७१ करोड, आयात १२३ प्रतिशतले वृद्धि

  २०७६ भदौ १५ गते १७:०५     विकासन्युज

काठमाडौँ । अनावश्यक वस्तुको खपत बढ्दै जाँदा नेपालमा व्यापार घाटा पनि बढ्दै छ । सानासाना कुरामा पनि परनिर्भर हुने नेपालीहरुको बानीले व्यापार घाटा बढ्न थप मद्दत गरेको देखिन्छ ।

व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ७१ करोड ६ लाख ९४ हजारको २० लाख १ हजार १४८ केजी चुइगम नेपालमा आयात भएको छ । २०७४/०७५ मा ३२ करोड २२ लाख १९ हजार २६१ रुपैंयाको १० लाख १ हजार ७९३ केजी विदेशी चुइगम नेपालमा खपत भएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षका ३ अर्ब ९६ करोड ४७ लाख ४७ हजारको १० लाख ६४५ केजी चुइगम आयातमा वृद्धि भएको छ । नेपालमा चुइगम आयात १२३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

आर्थिक वर्ष २०७४/०७५ मा नेपालले १ करोड ६९ लाख ७१ हजार रुपियाँको चुइगम विदेशमा पठाएको थियो । गत आर्थिक वर्षमा नेपालबाट चुइगम निर्यात नै बन्द भएको छ । नेपालमा भरत, बङ्गलादेश, कोरिया, चीन, बेलायत, अमेरिका र स्विडेन लगाएतका देशबाट चुइगम आयात भएको छ ।

यस्तो छ ५ वर्षको चुइगम आयातको तथ्याङक
आर्थिक वर्ष २०७१/०७२ मा ४१ करोड २९ लाख ५६ हजार २०१ रुपैंयाको १५ लाख ८४ हजार ७८४ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ भने आर्थिक वर्ष २०७२/०७३ मा ४२ करोड ६५ लाख १० हजार २५८ रुपैंयाको १५ लाख ४८ हजार ७८४ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा ३९ करोड २३ लाख ५३ हजार ३७३ रुपैंयाको १३ लाख ११ हजार २३२ केजी विदेशी चुइगम नेपालमा खपत भएको थियो भने आर्थिक वर्ष २०७४/०७५ मा ३२ करोड २२ लाख १९ हजार २६१ रुपैंयाको १० लाख १ हजार ७९३ केजी विदेशी चुइगम नेपालमा खपत भएको छ । आर्थिक वर्ष २०७५/७६ मा ७१ करोड ६ लाख ९४ हजारको २० लाख १ हजार १४८ केजि चुइगम नेपालमा आयात भएको छ ।

चुइगमका पारखीहरु चुइगम नियमित खानाले मुख सफा हुने, दाँत सफा हुन्छ र मानिसलाई बोर फिलिङग नहुने अनुभव सुनाउँछन् ।

नेपालमा विदेशबाट आयात हुने वस्तु बढ्दै जानु बारे बरिष्ठ अर्थविद डा. चन्द्रमणी अधिकारीले भने-‘नेपालका उद्योगीहरुलाई नै बस्तु उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउन निर्माण गर्नु पर्छ ।’ अहिले विदेशबाट सामान ल्याएर व्यापार गर्ने व्यापारीहरु मात्रै प्रोत्साहित भएका छन् । हाम्रो आन्तरिक उत्पादनहरुलाई बृद्धि गर्न सके मात्रै नेपालको व्यापार घाटा कम हुने अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.