मध्य बानेश्वरको प्रभु बैंकको शाखा नयाँबानेश्वरमा स्थानान्तरण

  २०७६ भदौ १५ गते १६:१३     विकासन्युज


काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १०, मध्य-बानेश्वर रहेको प्रभु बैंक लि.को शाखा कार्यालय वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण भदौ १५ गतेदेखि कारोबार शुरु गरिएको छ ।

उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरेका हुन् ।

नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट सो क्षेत्रका संघसंस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.