रिलायबल इन्स्योरेन्स तेश्रो वर्षमा, नयाँ योजनाहरु ल्याउने लक्ष्यः सीईओ लोहनी

  २०७६ भदौ १५ गते १५:४८     विकासन्युज


काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा कम्पनीका संस्थापक, सञ्चालक, कर्मचारी, अभिकर्ता र सर्वसाधारणहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कम्पनीले आगामी दिनहरुमा हरेक नेपालीलाई सुहाउँदो नयाँ नयाँ योजनाहरु ल्याउने लक्ष्य राखेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) नारायणबाबु लोहनीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.