फोर स्टारमा गैर आवासीय नेपालीको लगानी: अकामा अर्थात सर्वोत्कृष्ट सेवा

  २०७६ भदौ १५ गते १२:४९     मेनुका कार्की

‘अकामा अर्थात सर्वोच्च’ संस्कृत भाषाको शब्दलाई सेवामा ब्राण्डिङ गर्ने सोचका साथ नयाँ होटल खुलेको छ, ‘अकामा’ । गैर आवासीय नेपालीको लगानीमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट सेवा दिने उद्देश्य लिएर थालिएको अकामाले धेरैलाई आकर्षण गर्नेछ ‘नामले पनि ।
धुम्बाराही चोकबाट उत्तर-पूर्व फर्केर हेर्दा कलात्मक भब्य भवन देखिन्छ ।

टायल (ढुंगा) र शताब्दीयौं देखि नेपाली निर्माणमा प्रयोग हुँदै आएको कलात्मक इँटा (डाँछी) बाट बनेको नौ तले भवनले हिमाली र नेवारी दुबै संस्कृतिको प्रतिनिधित्व गरेको छ । ११ रोपनी जमिनमा नेपाली मौलिकतालाई झल्काउने गरी बनाइएको उक्त होटलले नामजस्तै माथिल्लोस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता लिएको छ ।

संस्कृति जर्गेना गर्दै आधुनिक शैलीमा निर्माण गरिएको होटल बाहिरबाट हेर्दा जति कलात्मक देखिन्छ भित्र त्योभन्दा सुन्दर र शान्त छ । चक्रपथको छेवैमा अवस्थित होटलभित्र पस्ने वित्तीकै एक प्रकारको छुट्टै आनन्दको सुखानुभूती हुन्छ । बुद्धत्व झल्काउने माने र हिन्दुत्व झल्कने घण्टाले होटलमा थप आकर्षण थपेको छ । लवी मात्रै होइन जताजतै काष्ठकलाले भरिएको छ होटल अकामा । भर्याङ झ्याल, ढोका सबैमा उड कार्भिङ गरिएकोले लिच्छवी कालीन काष्ठकलाको अनुपम नमुनाले होटलमा थप सुन्दरता थपेको छ ।

सहरी भिडभाडदेखि एकैछिन बाहिर निष्केर होटलको नौ तलामाथि रहेको चाइनिज र इटाली रेष्टराँमा बसेर खानासँग काठमाडौंको सुन्दरतालाई नियाल्नुको मज्जा नै अर्कौ । होटलका जनरल म्यानेजर राजु श्रेष्ठ भन्छन् ‘लोकेसनका हिसावले होटल एकदमै उपयुक्त स्थानमा छ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकदम नजिक छ होटल ।’ यसैले पनि पर्यटनको रोजाइमा होटलमा पर्ने विश्वास व्यवस्थापकको छ । अन्य होटलजस्तै गरी होटल निर्माण गरिएको भए २० प्रतिशतभन्दा बढी घट्थ्यो होला ।

होटल अकामाको आफ्नै मौलिकता छ । यो होटलमा छिर्ने वित्तीकै पर्यटनकले अन्य ठाउँमा छिरेको महसुस नगरी नेपालमा छिरेको महसुस गरोस् भन्ने हाम्रो चाहना हो । लबीमा उड वर्क, माने राखिएको छ । अन्य होटलमा जाँदा नेपाल छिरेको होकि अन्य देशको होटलमा छिरेको हो बुझ्न सकिन्न । होटलका रुममा पनि उड कार्भिङ गरिएको छ । काष्ठकला र धातुकलाबाट होटल सजाइएको छ । मानेबाट लाइट आउने व्यवस्था मिलाएको छ ।

होटलको किचेनमा कन्टामेशन नहुने सामान प्रयोग गरिएको छ । होटलमा नेपाली खाना बारा, यमडी, गुन्द्रुक भटमास, बदेलदेखि विश्वबजारमा चलेका सबै प्रकारका खानाको यहाँ सुविधा छ । रुममामात्र होइन खानामा पनि नेपालीपन पाइन्छ होटलमा । होटलमा रहेको टिभि स्क्रीनमा खानाका मेनु देख्न पाइन्छ । रुममा राखिएको टिभिबाट मेनु छनोट गरेर अडर गर्न सकिन्छ ।

पशुपति, बौद्ध, स्वयम्भु, भक्तपुर र पाटन दरवार स्वायर पनि सहजै पुग्न र देख्न सकिन्छ । रिङरोट बाहिर भएकोले ट्राफिक जाममा पर्दैन । यहाँ विश्व सम्पदा सूचीमा पर्ने सात वटा स्थान छन् । यसले गर्दा पनि नेपाल भिजिटमा आएको कुनैपनि पर्यटकको पहिलो गन्तव्य भनेको काठमाडौं नै हो । यसका साथै होटलभित्रै जिम, एरोबिक रुम, स्विमिङ पुल, ब्यांकेट, बेकरी, रेस्टुराँ, बार, क्याफेटेरिया, लन्ड्री रुमलगायतका सुविधा उपलब्ध छन् ।

पैसा तिर्न सके जो कोही बस्न सक्छ प्रेसिडेन्सिय रुपमा

चार तारे होटलको स्वीकृत लिने प्रक्रिया अघि बढाएको काठमाडौंको अकामा होटलभित्र अत्याधुनि सुविधा सम्पन्न प्रेसिडेन्सियल रुम छ । यो रुम विशिष्ट पहुनालाई लक्षित गरी तयार गरिएको हो । सो रुम प्रयोग गरे वापत एक दिनको तीन सय २५ अमेरिकी डलर तिर्नुपर्छ । होटलले तोकेको शुल्क तिरेर जो कोही उक्त रुपमा बस्न सक्छन् । जनरल म्यानेजर श्रेष्ठले सुनाए ‘प्रेसिडेन्सियल रुपले ६० स्वायर मिटर स्थान ओगटेको छ ।’

यो सहित होटलमा एक सय ८ वटा कोठा छन् । होटलभित्र रहेको सुपरियर रुममा समेत फाइभ स्टारको सुविधा र सर्भिस उपलब्ध छ । सुपेरियर, डिलक्स, डिलक्स स्वीट, फेमिली स्वीच र प्रेसिटेन्ट स्वीट गरी होटलमा ५ प्रकारका रुम छन् । होटलमा स्वदेशी र विदेशी पाहुनाका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ । प्रेसिडेन्टल रुममा एउटा वटा बेड रुम छ । रुममा सेप्रेट लिभिङ, डाइनिङ रुम सहित सानो किचेन पनि छ । किचेनमा हल्का खानाहरू बनाउन सकिन्छ । लिभिङ र डाइनिङ रुममा ६/६ जना बसेर मिटिङ गर्न सकिन्छ ।

बाथरुपमा ज्याकुजी, सावर एरिया, डब्लुसी र भेनिटी गरी बाथरुपका फो फिचर छन् । प्रेसिडेन्ट रुमको किङ्ग साइजको माष्टर बेडबाट बुढालिकण्ठ, शिवपुरीको सबै साइड सिन देख्न सकिन्छ । हिउँदमा त होटलबाट हिमाल नै देख्न सकिन्छ,’ जनरल म्यानेजर श्रेष्ठ हौसिएर भने ‘होटलमा बसेर उपत्यकाको डाँडाकाँडा र घना बस्तीको उपत्यका नियाल्नुको मज्जा नै अर्कै ।’

६० स्वायर मिटर साइजको फेमिली स्वीट रुपमा दुई वटा किङ्ग साइजको बेड रुम र बीचमा एउटा लिभिङ रुम छ । बीचमा कमन लिभिङ रुम छ । होटलमा चारवटा डिलक्स स्वीट रुम छ । ४० स्वायर मिटरको यो रुममा माष्टर किङ्ग साइजको बेड र लिभिङ रुम छ । बाथरुममा चार फिचर नै छन् । बाहिर लिभिङ रुम छ ।
होटमा ६ वटा डिलक्स रुम छ । ४० स्वायर मिटरको । माष्टर बेडरुमका साथै फो फिचरको बाथरुम छ । सुपेरियर रुपम २६ देखि ३० स्वायर मिटरसम्मको छ । बाथरुपमा थ्री फिचर छन् । सावर, डब्लुसी र वासरुम छ । किङ्ग साइज बेड छ ।
रेट भनेको मार्केटमा भर पर्छ । अहिले नर्मल रुपमा बस्नेले एक रातको ६० डलर प्लस ट्याक्स तिर्नुपर्छ । डिलक्स रुमको ७० डलर प्लस ट्याक्स, डिलक्स स्वीट १६२ डलर, फेमिली स्वीटको २२४ डलर प्लस ट्याक्स सहित ब्रेक फास्ट पाउँछ । अन्य शुल्क भने आफूले आन्तरिक सेवा सुविधा उपभोग गरेअनुसारको चार्ज लाग्नेछ ।

मध्यमस्तरका पर्यटकलाई लक्षित गरी होटल निर्माण गरिएको हो श्रेष्ठले भने ‘पैसा तिर्न सके जो कोहीले होटलमा बस्न र खान सक्छन् । भारत, चीनलगायत नेपाली बजारलाई लक्षित गरी होटल संचालनमा ल्याइएको हो । करिब हजार रुपैयाँ तिरेपछि होटलमा नेपाली खाना सहित विभिन्न परिकारको स्वाद लिन पाइन्छ । होटल फो स्टारको भएपनि सेवा सुविधा भने फाइभ स्टारको उपलब्ध छ ।

होटलमा सानिमा गु्रपको दुई अर्ब ९० करोड लगानी रहेको छ । होटल निर्माण कार्य चार वर्ष अघि भएको हो ।
गत मध्ये फेब्रुअरीमा होटलको सफ्ट ओपनिङ गरिएको हो । १५ अगष्टमा होटल पूर्ण रुपमा संचालन आयो । त्योभन्दा पहिला पूर्ण रुपले होटल संचालनमा नआएकोले होला मान्छेहरूमा त्यति विश्वास थिए । अब सबैलाई होटलमा सबै प्रकारका सेवा पाइन्छ भन्ने पूर्ण विश्वास भैसकेको छ ।

अहिले विभिन्न मानिसहरूबाट होटलका वारेमा सोधबुझ गर्ने काम भइरहेको छ । अब सिजन पनि आउन लागेको छ । सेप्टेम्बर अक्टोम्बर आउन लागेको छ । यो पर्यटकका लागि आकर्षक महिना हो । अहिले नै होटल बुकिङ हुन थालिसकेको जनरल म्यानेजर राजु श्रेष्ठले बताए ।
होटल बन्न चार वर्ष लाग्यो । सानिमा बैंक हाइड्रोपावर, इन्स्योरेन्स कम्पनी सबै सहभागी छन् । अन्यमा जस्तै कर्पोरेटको हिसावबाट लगानी भएको छ ।

काठमाडौंमा पर्यटक एक दिन विताउँछ नै । २० वर्षको ग्यापमा नयाँ ठूला होटल खुलेका छैनन् । नेपाल एउटा यस्तो देश हो जहाँ पर्यटनको ठूलो सम्भावना छ । देशले यसमा फड्को मार्ने लक्ष्य लिएको छ । नेपाल भारत र चीनबाट पर्यटन आउने क्रम बढ्दो छ । भिजिट नेपाल २०२० पनि आइरहेको छ । यस्तो अवस्थामा नयाँ र अत्याधुनिक होटलको आवश्यकता पनि थियो । त्यत्रो वर्ष होटल खुलेन । यसमा सम्भावना देखेर गु्रपले नयाँ क्षेत्रमा लगानी गरेकोे हो ।

सानिमा गु्रपले मिडिया र हस्पिटलमा समेत लगानी गरिरहेको छ । विस्तारै हाम्रो विजनेश बढाउँदै लैजाने हो । हाम्रो पछिल्लो संस्कणको रुपमा होटल आएको छ । उपत्यका बाहिर पनि होटल खोल्ने हाम्रो लक्ष्य छ । तर, अहिले भने केही योजना छैन । हामी आफ्नै व्यवस्थापनमा होटल संचालनमा ल्याएका छौं । यद्यपी सानिमा गु्रपको यो नयाँ र होटल सेवामा पहिलो व्यवसाय भएपनि राम्रो गर्न सक्छौ भन्ने व्यवस्थापकको विश्वास छ ।

होटलमा ५० प्रतिशत रेभिन्यू जेनेरेट रुमबाट हुन्छ भने अन्य ५० प्रतिशत अन्यबाट हुन्छ । नेपाल फाइभस्टार होटल धेरै छन् । नेपालमा आउने पर्यटन सामान्यतया मिडिल क्लासका हुन्छ । सबैको पहुँच पुग्ने गरी होटल बनाइएको छ । होटलमा ठूलो बस पनि हसजै छिर्छ ।
होटलले मार्केटिङको लागि अमदामा ट्राभल ट्रेड फेयरमा भाग लिने योजना बनाएको छ । त्यसबाट चार/पाँच हजार पर्यटक आउने विश्वास छ । बाहिरतिर कनेक्सन भएका ठाउँमा पनि होटलको प्रचार प्रसार गरिएको छ । ठूला ट्राभल जसले नेपाल बेचिरहेको छन्, उनीहरूसँग होटलले सहकार्य गर्ने सम्झौता भएको छ । लण्डनमा हुने डब्लुटीएमा हुने अन्तक्रियामा होटल पनि सहमागिता रहने छ । होटल सम्बन्धि मागेजिनमा पनि यसका वारेमा पढ्न र बुझ्न पाइन्छ ।

होटल दुईदेखि तीन वर्षको बीचमा ब्रेक इभनमा पुग्ने श्रेष्ठको विश्वास छ । १ सय जना कर्मचारीले होटल धानेका छन् । प्रविधिले जनशक्तिमा सुविधा र सुलभता थपेको छ । १२५ जना स्टाफले राम्रोसँग होटल चलाउन सक्ने अठोट श्रेष्ठसँग छ । प्रविधि नभित्र्दा एउटा रुमको लागि दुई जना स्टाफ चाहिन्थ्यो । होटलका जनशक्तिसँग विभिन्न विदेशी फाइभ स्टार होटलमा दशक काम गरेको अनुभव छ । यसले होटलको सर्भिस राम्रो बनाएको छ । होटल पूर्ण रुपमा संचालनमा आएको दुई सातामा २० देखि २२ प्रतिशत अकुपाइ भइसकेको छ । सेक्टम्बरदेखि बढ्ने अनुमान देखिएको छ ।

विजनेशमा चुनौती भइहाल्छ । नयाँ होटल आइरहेका छन् । अन्य होटलभन्दा कसरी फरक सेवा प्रदान गर्ने भन्ने हाम्रो चिन्तन हो । होटललाइनमा काम गरेको ३५ वर्ष अनुभव भएकाले राम्रोसँग होटल संचालन गर्न सक्ने दृढ सकल्प र विश्वास भएर नै कुनै चेनमा आवद्ध नभएको श्रेष्ठले बताए ।

रुममा जेबीडी फ्रेच कम्पनीका सामान राखिएको छन्, वल्र्डको नम्बर वान ब्राण्डको म्यार्टेस विछाइएको छ । गुणस्तरीय र छिटोछरितो सेवा होटलको पुरा ध्यान छ । विदेश जाने ट्रेनले जनशक्ति टिकाउन गाह्रो भएपनि युवा पुस्तालाई सिप सिकाएर टिकाउन होटल व्यवस्थापन लागि परेको छ । विदेशी नम्बर वान ब्राण्डका सामान राखिएपनि नेपालीपन छ । नयाँ भन्ने वित्तीकै सबैले चाख बढ्नु स्वभाविक पनि हो ।
होटलमा दुई वटा रेष्टराँ छन् । चाइनिज र इटालियन चावाभेला रेष्टुराँ छ । रेष्टुराँसँगै स्वीइमिङ पूल र माथि जीम हल छ । जीम हलमा साउन, ज्याकुजी, स्टीम छ ।

होटलमा ५ वटा हल छ । सानिमा भन्ने ठूलो हल छ । ३२ सय स्वायर फिटको उक्त हललाई दुईवटामा विभाजन गर्न सकिन्छ । नदीनाला भनेको देशको सम्पत्ति भएकोले सानिमा गु्रपले हाइड्रोपावरका रुपमा डेभलप गरेको नदीनालाबाट हलको नामाकरण गरिएको हो । यसले व्यवसाय प्रवद्र्धन गर्ने विश्वास लिइएको छ । माईभन्ने ५० जना अट्ने अर्को हल छ । सुनकोशी हल छ । होटलको टपमा गएर पनि काठमाडौंको दुष्य हेर्दै विभिन्न कार्यक्रम गर्न सक्ने गरी तमोर हल निर्माण गरिएको छ ।

अरु होटलभन्दा अकामा फरक छ । कुनै वाधा व्यवधान छैन । होटलमा पहुनाले प्रयोग गर्ने सामान सबै फाइभ स्टार बराबरका छन् । होटलले काठमाडौं बासीलाई लक्षित गरी ब्रन्च प्याकेज ल्याएको छ । १८ सय तिरेर दिनभरि होटलमा बसेर रमाइलो गर्न, स्वीइमिङ गर्दै रमाउन सकिन्छ । साउना, ज्याकुजी, जिमहलको सुविधा यसै प्याकेजमा पाउन सकिन्छ । बस्न दिनभरिनै सकिन्छ । अब होटलले यस्तो प्याकेज बेला बेलामा ल्याउने भएको छ । सुरक्षा र सरसफाइलाई विशेष ध्यान दिएका छौं । ८० वटा गाडी अटन सक्ने दुईवटा पार्किङ स्थल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.