यामाहा महा-एक्सेञ्ज मेला शुरु, १ लाखसम्म नगद छुट

  २०७६ भदौ १५ गते ११:०५     विकासन्युज

काठमाडौँ । शनिबारदेखि यामाहा महा–एक्सेञ्ज मेला शुरु भएको छ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेकी हुन् ।

मोरङ अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि दोहोर्याएको छ । यामाहाको नयाँ मोडलहरुमा अधिक मात्रामा आकर्षण देखिएको छ । मोरङ अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भि३ र एमटि १५लाई प्रस्तुत गरेको छ । यी दुवै बाइकहरुमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधि एफआई रहेका छन् ।

यो एक्सेञ्ज उत्सवको आकर्षण नै ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकलतथा स्कूटर दिएर बजार मुल्याङ्कनको सबैभन्दाउच्च रु.२०,०००/- अतिरिक्त ग्यारेन्टी मुल्यका साथनयाँ ब्राण्डको यामाहामाआफ्नो स्तरोन्नति गर्न पाउनु हो ।

६ दिनसम्म चल्ने महा–एक्सचेञ्ज मेला भदौ १४ देखि १९ गतेसम्म राष्ट्रिय सभा गृहभवन काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकहरुलाई आश्चर्य चकितबनाउने कारोबार उपलब्ध हुनेछ । रु.१,००,०००/-सम्मको नगद छुट, सामग्रीहरु सित्तैंमा, स्थलगत फाइनान्स सुविधा र टेष्ट राइडमा आकर्षक उपहारहरु रहेका छन् । महा–एक्सेञ्ज मेलामा सेलिब्रेटी वाक–इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धाहरु, डोर प्राइज र फूड स्टलहरु पनिविशेष आकर्षण रहेका छन् ।

एक्सेञ्ज कारोबारका अलावा महा–एक्सेञ्ज मेलामाआउनु हुने ग्राहकहरुले सबै ब्राण्डका मोटरसाइकलहरुका लागि अन्य निःशुल्क सुविधाहरु जस्तैः सित्तैंमा बाइक धुने, निःशुल्क परीक्षण क्याम्प सेवापनि प्राप्त गर्नु हुनेछ ।

अब नयाँ बाइक र दशैंअफरको साथमा यो एक्सेञ्जले बाइकका शौखिनहरुलाई प्रमाणित यामाहा प्रविधिको उत्कृष्ट मोडलमा आफ्नो स्तरोन्नति गर्न एक मञ्च प्रदान गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.