नबिल बैंकबाट पैसा चाेर्दाचाेर्दै ५ चिनियाँ नागरिक पक्राउ, साथमा १ कराेड ३४ लाख नगद बरामद

  २०७६ भदौ १५ गते ९:३०     विकासन्युज


काठमाडौँ । नविल बैंकबाट पैसा चाेर्दै गर्दा ५  जना चिनियाँ नागरिकलाई  नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरूकाे साथबाट १ कराेड ३६ लाख रूपैयाँ भन्दा बढी नगद समेत प्रहरीले पक्रेकाे छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पक्राउ गरिएको जानकारी दिए ।

“शुरुमा एटिएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेका छौँ”, उनले बताए ।

पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.