एओएएनको अध्यक्षमा फेरि थापा, जेष्ठ नागरिकलाई भाडामा छुट दिँदा हवाई कम्पनीलाई असर नपर्ने

  २०७६ भदौ १३ गते २०:१५     विकासन्युज

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपाल (एओएएन)को को १९औं वार्षिक साधारण सभाले संघले क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्याप्टेन थापा सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा क्रियाशील छन् । यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन् ।

संघको प्रथम उपाध्यक्षमा अनोज रिमाल, द्वतिय उपाध्यक्ष गोपाल भट्टराई, महासचिवमा मनोज कार्की, सचिव राजु न्यौपाने, मनाङ्ग एयर, कोषाध्यक्ष रुपेश जोशी भएका छन् ।

संघको सदस्यहरुमा दिपक जे.वि. राणा, योगराज कंडेल शर्मा, बालकृष्ण पण्डित, निमा नुरु शेर्पा, बरुण ज्ञवाली, सुवास अमात्य र प्रज्वल थापा भएका छन् ।

नवनियुक्त अध्यक्ष थापाले आफ्नो कार्यकालमा वायुसेवाको सेफ्टीस्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँदै जाने र नेपाल नागरिक उड्डयन प्राधिकरण संग हातेमालो गर्दै नेपालीहवाई उद्योगमा हालकायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने बताएका छन् ।

सभालाई सम्बोधन गर्दै पर्यटन मन्त्री योगेश भट्टराईले संविधानले दिएको मौलिकहकअनुसार राज्यले दिएको सेवा सुविधा अनुसार नै जेष्ठ नागरिकको सम्मानको लागि हवाई भाडामा छुट व्यवस्था गरिएको बताए ।

नेपालमा जम्मा बार्षिक २८ लाख हवाई यात्रु हुने गरेको र ७० वर्ष नाघेका जेष्ठ नागरिकको ३.५ प्रतिशत मात्रै भएकोले उनीहरुलाई हवाई छुटको सुविधा दिँदा धेरै ठूलो असर नपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.