नाडा अटो शोमा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन लञ्च

  २०७६ भदौ १३ गते १७:५७     विकासन्युज


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जानरी नाडा अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लञ्च गरेको छ ।

आफ्नो वर्गको अन्य कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो शोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ फाइभ डब्लू–३० र म्याक अल्फा जेनिथ टेन डब्लू–३० र अर्काे म्याक रुवि ग्रीज पनि लन्च गरेको हो ।

नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इञ्जीनमा यस्को बहुबिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ ।
म्याक लुब्रिकेन्ट भारत पेट्रोलियम कर्पोरेशनको उत्पादन मध्येको एक उत्पादन भएको सिप्रदी टे«डिङ्गका सिइओ राजनबाबु श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.