देशभर २२ हजार औषधी पसल, नियमन गर्ने विभागमा छैन पर्याप्त जनशक्ति

  २०७६ भदौ १३ गते १८:३५     डोमी शेर्पा

काठमाडौं । देशभर २२ हजार औषधी पसल छन् । ती औषधी पसल मध्ये कयौँले अबैध धन्दा गरिरहेको गुनासो आउने गरेको छ । तर, ती औषधी पसलहरुको अनुगमन गर्न ३४ जनाको मात्रै जनशक्ति छ, जसका कारण प्रभावकारी अनुगमन हुन सकेको छैन ।

औषधी व्यवस्था विभागको तथ्याङ्क अनुसार नेपालमा हाल ५५ नेपाली औषधी उद्योग छन् । देशभर २२ हजार औषधी पसल र ३५० भन्दा बढी अन्तरराष्ट्रिय कम्पनीको औषधी नेपालमा विकी वितरण भईरहेको छ ।

विभाग र शाखा कार्यलयमा कार्यरत कर्मचारीको कूल संख्या १५० जना छ । औषधी व्यवस्था विभागमा स्थापनाकालदेखि कर्मचारी संख्या थप भएको छैन । जबकी औषधी उद्योग र पसलहरु भने बढीरहेका छन् । त्यसकारण विभागको काम प्रभावकारी हुन नकसको प्रवक्ता सन्तोष केसी पनि स्वीकार गर्छन् । काठमाडौंको बबरमहलमा केन्द्रीय कार्यालय र बिराटनगर, बीरगंज तथा नेपालगञ्जमा गरी जम्मा ३ वटा मात्रा शाखा कार्यालय रहेको छ ।

नेपाल स्वास्थ्य मन्त्रालयको मातहतमा औषधी व्यवस्था विभागको स्थापना २०३६ सालमा भएको हो । औषधी उत्पादन ऐन २०३५ अनुसार औषधी नियमन गर्नको लागि सरकारले औषधी व्यवस्था विभाग स्थापना गरेको हो । तर कर्मचारीको अभावमा प्रभावकारी काम गर्न सकिएको छैन–निमित्त महानिर्देशक प्यानबहादुर छेत्रीले बताए ।

औषधी जस्तो जनस्वास्थ्यसँग सम्बन्धित संवेदनशील बिषयमा सरकारले त्यति ध्यान दिएको पाइदैन । औषधी उत्पादन र बिक्री बितरणमा सानो कमजोरी भएमा मानिसको ज्यानै जान सक्छ ।

विभागले औषधीको उत्पादन, फार्मेसीहरुको दर्ता, विदेशी औषधीहरु दर्ता गर्ने र बजार अनुगमनको काम गर्दै आएको छ। बजारमा भएका औषधीहरुको गुणस्तर, औषधी पसलहरु नियम अनुसार चलेका छ वा छैनन्, औषधी पसल एन अनुसार दर्ता भई चलेका छ वा छैनन् भन्ने सबै कुराको नियमन र दण्ड सजाय पनि दिने गर्दछ ।

विभागले कारबाही गर्ने दुई पाटो छ। चेतावनी दिने, केही समयको लागि औषधी पसलहरु निलम्बन गर्ने र अर्को कारबाहीको पाटो भनेको कानूनी कारबाही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.