एनएलजी इन्स्योरेन्सको साधारण सभा असोज ८ गते, बुक क्लोज कहिले ?

  २०७६ भदौ १३ गते १५:२३     विकासन्युज


काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको तेह्रौँ वार्षिक साधारण सभा असोज ८ गते हुने भएको छ । कम्पनी सञ्चालका समितिको विहीबार साँझ बसेको बैठकले बिहान ११ बजे अम्रपाली ब्याङ्केट बालुवाटार काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनका लागि भदौ २५ गते १ दिन सेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । साथै लेखा परीक्षकको प्रतिवदेन सहितको २०७५ असार मसान्तसम्मको वासलात, आव २०७४/७५ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने जनाइएको छ ।

कम्पनीको हालको पूँजी ६४ करोड ४ लाख ६ हजार २ सय रुपैयाँ रहेको छ । यसअघि जेठ १४ गते सम्पन्न विशेष साधारण सभाबाट हालको चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.