एस्सिडब्लुइसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी गर्ने

  २०७६ भदौ १३ गते १४:३७     विकासन्युज


काठमाडौँ । सार्क चेम्बर महिला उद्यमी परिषद, नेपाल(एस्सिडब्लुइसी ) संग आबद्ध एक टोली शुक्रबार नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उद्देश्य सहितवर्माको याङ्गनतफ प्रस्थान गर्दैछ ।

वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित सो टोलीले वर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो । सो टोलीले याङ्गनको पाइनओ ओलीन शहरमा अवस्थित नेपाली दुताबासको प्राङ्गणमा भदौ १४ देखि १६ गते सम्म नेपालका विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्ने भएको
जनाइएको छ ।

सो प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, महिलाहरुले प्रयागगर्ने पोते, किलीप , चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमलीचप्पल, बिभिन्न प्रकारका हाते झोलाहरु, गाग्री , खड्कुलो जस्ता सामाग्रीहरुको प्रदर्शनीमा राखिने भएको छ । त्यसैगरी सो टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.