जीवन बीमा कम्पनी मध्ये एलआइसीको सेयर मूल्य सबैभन्दा बढी, कस्को कति ?

  २०७६ भदौ १२ गते १८:५७     नबिन पोखरेल


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत बीमा कम्पनी मध्ये लाइफ इन्स्योरेन्स कम्पनी(एलआइसी)को प्रतिकित्ता सेयर मूल्य सबै भन्दा बढी छ । साताको अन्तिम दिन बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम रहेको छ ।
त्यसैगरी दोश्रो स्थानमा नेपाल लाईफ इसन्स्योरेन्स र तेस्रो स्थानमा नेशनल लाईफ इन्स्योरेन्स रहेको छ । नेपाल लाईफको सेयर मूल्य प्रतिकित्ता ८ सय २९ रुपैयाँ कायम हुँदा नेशनल लाइफको भने प्रति कित्ता ५ सय ४९ रुपैयाँ रहेको पाइन्छ ।

कुन कम्पनीको सेयर मूल्य कति ?
नेप्सेका अनुसार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १ लाख ७ हजार कित्ता सेयर सूचीकृत रहेको छ । कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । बिहिबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रति कित्ता ३ सय २६ रुपैयाँ पुगेको कायम छ ।

यस्तै, गुराँश लाइफ इन्स्योरेन्स कम्पनीको ९३ लाख ८५ हजार २ सय कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य प्रति कित्ता ४ सय २० रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।

लाइफ इन्स्योरेन्स कम्पनी नेपाल(एलआईसी)को नेप्सेमा १ करोड ४९ लाख ४८ हजार ३ सय ८८ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८ सय रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६१ रुपैयाँ कायम छ ।

साथै, नेशनल लाईफ इन्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७४ हजार ४ सय ४ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ लाख ४० हजार ४ सय रुपैयाँ रहेको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ४९ रुपैयाँ रहेको छ ।

यसैगरी , नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ४९ लाख ६१ हजार ६ सय ८ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । कम्पनीको चुक्त पूँजी ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ८ सय २९ रुपैयाँ कायम छ ।

प्राईम लाइफ लाइफ इन्स्योरेन्स कम्पनीको नेप्सेमा १ करोड ७८ लाख ४८ हजार ३ सय ५० कित्ता सेयर सूचीकृत छ । कम्पनीको चुक्त पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ताको ४ सय १० रुपैयाँ कायम छ ।

सूर्या लाइफ इन्स्योरन्स कम्पनीको नेप्सेमा १ करोड २६ लाख ७७ हजार २ सय ८० कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार रहेको छ । बिहीबार सेयर बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ सय ८४ रुपैयाँ रहेको नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या १९ भएपनि नेप्सेमा भने ७ कम्पनी मात्र सूचीकृत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.