कुमारी बैंकको ट्याक्सी सेवा प्रदायक सारथीसँग सहकार्य शुरु

  २०७६ भदौ १२ गते १६:१३     विकासन्युज

काठमाडौ । कुमारी बैक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग डिजिटल पेमेण्ट सम्बन्धि सहकार्य गरेको छ ।

आफ्ना ग्राहक तथा सर्वसाधारणहरुलाई थप सुविधा दिने उदेश्यले बैकले देशकै प्रचलित र एप वेस्ट सुविधा भएको ट्याक्सी सेवा प्रदायक सारथीसँग सहकार्य गरेको हो ।

आधुनिका सूचना प्रविधिको प्रयोग गरि दैनिक आवात जालत सहज बनाउनको लागि सारथीको ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैँकले जनाएको छ ।

उक्त प्रविधिले नगद रहिद र झण्झट रहित कारोबारमा सहजता ल्याउनुको साथै ट्याक्सी व्यवसायीहरुको आम्दनीलाई पनि तुरुन्तै सम्बन्धित बैक खातामा बचत हुने र उक्त निक्षेपमा प्राप्त हुने व्याजको समेत लाभ हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.