जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा

  २०७६ भदौ १२ गते ९:३३     विकासन्युज


श्रीनगर भारत । भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ ।

राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महिनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे ।

“हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,” उनले भने । उनले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा मलिकले भने,“आउदो दुईदेखि तीन महीनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ ।” रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.