एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५% छुट

  २०७६ भदौ ११ गते १८:४६     विकासन्युज


काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ ।

चावहिल र नयाँ नैकाप कलंकी स्थित ओम समाज डेन्टल हस्पिटल सबैका लागि नेपालमा शिर्ष दन्त चिकित्सा सेवा प्रदान गर्ने बहुविशेषता भएको दन्त स्वास्थ्य सेवा केन्द्र हो ।

एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.