नेपाल भ्रमण वर्ष सफल पार्न क्रियाशील छौं, २० लाख पर्यटक भित्र्याउनेछाैं-नवराज दाहाल

  २०७६ भदौ ११ गते १२:०१     विकासन्युज


लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न छन् नवराज दाहाल । उनी हाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल(टान) का अध्यक्ष समेत हुन् । टानको वर्तमान कार्यसमितिको कार्यकाल सकिन लागेको छ । नेपालमा पर्यटन व्यवसायतर्फ लगानी थपिंदै गएको छ । अर्कोवर्ष सरकारले नेपाल भ्रमणवर्ष मनाउन लागेको छ र २० लाख पर्यटन भित्र्याउने भनेको छ । पर्यटन व्यवसायको क्षेत्रमा ट्रेकिङ एजेन्सीजको भूमिका पनि महत्वपूर्ण छ । टानका अध्यक्ष दाहालको २ वर्षे कार्यकाल र नेपालमा पदयात्राको अवस्था के-कस्तो ? लगायत समग्र पर्यटन व्यवसायको सेरोफेरोमा रहेर विकासन्युज लागि सन्तोष रोकायाले गरेको विकास बहस ।

पदायात्रा व्यवसायको पछिल्लो अवस्था कस्तो छ ?
अहिले नेपालका थुप्रै स्थापित पदयात्राहरुमा मोटर बाटोको बिस्तार भएको छ । भूकम्पले कतिपय पदयात्राहरु भत्काएको छ । हामीले त्यसको विकल्पमा वैकल्पिक पदमार्गहरुको निर्माण गर्न सकि रहेको छैनौं । नयाँ–नयाँ गन्तव्यहरुको खोजी गरी स्थापित गर्न सकेका छैनौं । त्यसकारणले विगतको तुलनामा हालका पदमार्गकै कुरा गर्दा त्यति राम्रो छैन । मोटर बाटोले गर्दा हिँड्ने कि मोटर बाटोमा जाने भन्ने छ । मोटर बाटोमा जाँदा पनि त्यो कालापत्रे नभएको कारण दुर्घटना निम्त्याउने खालका छन् । हिडौं भनेपनि धुलोधुवाँ र हिलो हुने अवस्था छ । त्यति हुँदाहुँदै पनि नेपालको सबै क्षेत्रमा पदयात्राकोे सम्भावना छ । अझै पनि थुप्रै ठाउँमा पदयात्रा सहज ढंगले गर्न सकिने अवस्था छ ।

विकासले ट्रेकिङको विनाश भयो भनेर व्यवसायी कराइरहने, तर सरकार चुप लागिरहने अवस्था देखिएको छ नि ?
त्यहि त अचम्मको कुरा छ । हामी आवाजहरु उठाईरहने, सुझावहरु दिइरहने, तर सुन्नु पर्ने कार्यान्वयन गर्ने निकाय मौन छ । सुनेर पनि वेवास्था गरेको जस्तो अवस्था भएको छ । नेपालको पर्यटनको कुरा गर्दा सिङ्गो नेपालको पर्यटनको आधार भनेको पदयात्रा हो । अहिले जति पनि नेपालमा पर्यटकहरु भित्र्याइन्छ पदयात्रा व्यवसायीहरुको मिहेनत, अक्कल र क्षमताले पर्यटकहरु आइरहेको देखिन्छ । जति पर्यटकहरु लामो समय बसे त्यति नै पर्यटकहरुले बढी खर्च गर्छन् । गुणस्तरको कुरा गर्दा बढी खर्च गर्ने पर्यटकहरु बढी गुणस्तर हुन्छन् । बढी रोजगारी सिर्जना गर्छन्, त्यो सबै पदयात्राले नै गरेको हो । पदयात्राले मुलुकलाई धेरै फाइदा हुन्छ । राज्यले यसको सुधारका बारेमा त्यति पहल गरेको देखिदैन ।

विकल्प खोज्न र केही रुट बचाउने विषयमा सरकारी निकायसँग समन्वय किन भएन् ?
विगतमा त राज्यले पर्यटनलाई त्यति बुझेको पनि थिएन । निजी क्षेत्र सँग पनि त्यति सहकार्य हुन्थेन । योजनाहरु पनि बन्थेनन् । त्यसकारण विकासको नाममा मोटर बाटोहरु त गए । मोटर बाटो पुग्नु पनि पर्छ, तर स्थापित पदमार्गहरु नबिगारिकन मोटर बाटोको विस्तार गरिदिएको भए हुन्थ्यो, त्यतातर्फ ध्यान दिएकै छैन । पछिल्लो अवस्थामा निजी क्षेत्रले आवाज उठाउँदै गर्दा अहिले चाँही अलकति सचेत भएको हो की भन्ने जस्तो लागि रहेको छ । तर, तपाईँले भने जस्ते ठ्याक्कै अब योजना बनाएर जानु पर्छ भन्ने खालको वातावरण चाहीँ अझै बन्न सकेको छैन । अब आशा गरौं, आउने दिनहरुमा जहाँ–जहाँ मोटर बाटोहरुको बिस्तार भइरहेको छ, जहाँ पदमार्गहरु बिग्रेका छन्, बैकल्पिक पदमार्गहरु बनाउन राज्य पक्ष र निजी पर्यटन व्यवसायी बसेर राम्रो योजना बनाएर अघि बढ्नु पर्छ । यो अवश्य नै हुनु पर्छ ।

एक पर्यटक एक गाईडको माग पूरा गर्न व्यवसायीको लबिङ नपुगेको कि सरकारी निकायले वेवास्था गरेको ?
हिजोका दिनमा सरकार फेरिन्थ्यो । मन्त्रीहरु फेरिन्थे । अन्य कर्मचारीहरु फेरिने अवस्था थियो । निजी क्षेत्रहरुले जति लविङ गरेपनि त्यो कार्यान्वयन गर्न सम्ममा त्यहाँ फेरी अप्ठेरो अवस्था सिर्जना हुन्थ्यो । कसले गर्ने हुन्थ्यो । अहिले स्थायी सरकार छ । अहिले पनि म हेरिरहेको छु । मेरो दुई वर्षे कार्यकालमा झण्डै चारवटा सचिवहरु फेरिए । अहिले नयाँ मन्त्री आउनु भएको छ । उहाँले निजी क्षेत्रसँग एउटा कबुल गर्नु भएको छ । उहाँले उठाएका विषयहरु कार्यान्वयन गर्छु भन्नु भएको छ । व्यवसायीहरुले लविङ गरेन भन्ने त हुँदै होइन । प्रशस्त लविङ गरेका छौं । म आफैले निरन्तर लविङ गरेको छु । नेपालको उच्च राजनीति नेताहरु देखि लिएर मन्त्रीहरुसम्म सबैसँग लविङ गरेको छु । सबै मन्त्रालयमा हाम्रा विषयवस्तु पुर्याएका छौं । अलि समय त लागि हाल्छ ।

अब नेपालका ३ हजार भन्दा माथि उचाई भएका पर्यटनमा जान इजाजत प्राप्त दिने कम्पनीबाट तालिम प्राप्त प्रमाणपत्र गाईड अथवा सहयोगी लिएर जाने नै हुन्छ । यसमा मन्त्रालय पनि सकारात्मक छ । अब हामीले आशा गर्नु पर्छ, हामी निजी क्षेत्रले उठाएका मुद्दाहरु छिट्टै विभिन्न तरिकाबाट कार्यान्वयन हुन्छन् । विशेष गरी तपाईँले उठाएका विषयवस्तु चाहिँ गाईड अथवा सहयोगी लिएर पदयात्रामा जाने कुरामा विश्वस्त हुनुपर्छ । यसमा व्यवसायीको स्वार्थको कुरा छैन । यो त राज्यको स्वार्थसँग जोडिएको कुरासँग सम्वन्धि रह्यो । यदि यो लागू भएन भने सबैको लागि दु.खको कुरा हुनेछ ।

पदयात्रामा नयाँ रुटको खोजी भइरहेको छ भनेर टानले वर्सेनी नयाँ नक्सा सार्वजनिक गर्ने गर्छ । तर, पर्यटक पठाउने मामलामा भने उही सगरमाथा, अन्नपूर्ण र लाङटाङको सीमित गन्तव्यमा किन ?
सरकारले केही क्षेत्रलाई निषेधित क्षेत्र भनेको छ । केही क्षेत्रहरुलाई निर्देशित क्षेत्रहरु भनेको छ भने केही क्षेत्रहरु खुल्ला गरेको छ । यसमा सरकारको कमि कमजोरी छैन । पर्यटनको कुरा गर्दा तीन वटा कुरामा ध्यान दिनु पर्छ । पूर्वाधारको विकास, नीति नियमका कुरा, पर्यटन प्रवद्र्धनका कुराहरु हुन्छन् । हामीले पूर्वाधारको विकास भएको, नीति नियमले पनि प्रभाव नपार्ने ठाउँमा पनि पर्यटकहरुलाई पु¥याउन सकेका छैनौं । अब सगरमाथा, अन्नपूर्ण र लाङटाङमा मात्र पर्यटकलाई सिमीत गरेका छौं किन गरेका छौं भने तिनीहरुको बढी प्रचारप्रसार भयो । पूर्वाधारको विकास बढी भयो । त्यहाँ जाँदा खेरि अन्य झमेलाहरु नवेहोर्नु पर्ने छ । यी इत्यादी कारणले पनि धेरै गएको होलान जस्तो लाग्छ ।

यी सेवा ससुविधाहरु अन्य ठाउँमा पनि हुनु पर्यो । पश्चिमतिर पनि थुप्रै पर्यटनका सम्भावनाहरु छन् । त्यहाँ पूर्वाधारको विकास भएन । राम्रो सँग प्रवद्र्धन गर्न सकिएन । विश्वका सम्पूर्ण ठाउँहरुमा हामीले के–के डकुमेण्टहरु बनाएर लैजानु पर्ने हो । तिनीहरुलाई कसरी आकर्षित गर्ने, कसरी प्रचार–प्रसार गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । कतिपय ठाउँहरुमा महँगो शुल्क छ । त्यो नीतिले अप्ठेरो बनाई दियो । हवाई भाडा त्यतिकै महँगो छ । यी विविध कारणले पर्यटकहरु त्यहाँ पुग्न सक्दैनन् । मैले राज्यलाई मात्र दोष दिनुहुन्न । हामी सबै लाग्यौं भने सगरमाथा, अन्नपूर्ण र लाङटाङमा सिमित भएका पर्यटकहरु सबै ठाउँमा पुगाउन सक्छौं ।

रुबी भ्यालीसहितको नयाँ गन्तव्यमा तपाईँहरुले नै सम्भावना औल्याउनु भएको थियो । तर, व्यवसायी आफैँ पर्यटक पठाउन भने तयार देखिएका छैनन् नि ?
हामीले रुवि भ्यालीको बारेमा धेरै प्रयास गर्यौं । त्यहाँको पूर्वाधार विकास पनि ग¥यौं । प्रचार–प्रसार गर्ने कोशिसपनि गयौं । त्यहाँ सम्भावना पनि छ । जति हामीले प्रचारमा ल्याएका थियौं त्यो अनुसारको त्यहाँ पर्यटकहरु जान सकेनन् अथवा पु¥याउन सकिएन । यसमा हामी व्यवसायीहरु पनि चुक्यौं । व्यवसायीहरु कहिँ कतै व्यवसाय गर्दा स्वार्थी हुने समस्या पनि छ । फाइदा कति हुन्छ भन्ने सोच्दा रहेछन् । अर्को कुरा रुविभ्यालीलाई नेस्नल पार्क भनौं । त्यहाँ अत्यन्तै महत्वपूर्ण बोटविरुवाहरु छन् । त्यस्तो ठाउँमा पर्यटकहरुलाई पनि जानुपर्छ भन्ने मनाशाय हुन्थ्यो ।

त्यसले प्रचार–प्रसारमा पनि सहयोग पुग्थ्यो । रुविभ्याली क्षेत्रलाई गणेश हिमाल हिमालको नाममा वा कुनै नाममा कन्जरभेसन नेशनल पार्क घोषणा गरियो भने व्यवसायीहरुको अलि उत्सुकता बढ्छ जस्तो मलाई लाग्छ । त्यहाँ जनावर, बोटविरुवा बचाउनु पर्ने अवस्था छ । रुबिकै कुराहरु छ । रुबिभ्याली नाम त दियौं, तर साँच्च्किै रुबि देख्न पाइन्छ र ? यो त छाडा भयो । अराजकता भयो । यसलाई एउटा खालको उत्सुकता जोगाइदिनु पर्यो पर्यटकहरुलाई । त्यो हाम्रो अनुरोध छ ।

रुवि भ्यालीको फाइल फोटो

तपाईँले टानमा दुई वर्षे कार्यकाल पूरा गर्दै हुनुहुन्छ । आफ्नो दुई वर्षे कामको उपलब्धीको सूची त लामै बनाउनु भएकै होला ?
नयाँ-नयाँ पदमार्गको खोजी गनुपर्छ त्यसलाई निर्माण तथा विकास गर्नुपर्छ भन्ने कुराहरुमा सम्बन्धित निकायहरु सँग सहकार्य गर्ने कोशिस गरियो । हामीले मात्र गर्न सक्ने वैकल्पिक पदमार्गहरुको निर्माण पनि हामीले ग¥यौं । हामीले नीतिगत कुराहरुमा लविङ ग¥यौं । अपर मुस्ताङ, अपर डोल्पा लगायतका विभिन्न निषेधित क्षेत्रको ट्रेकिङ परमिट शुल्क घटाइ दियौं । त्यसलाई परमिटको हिसावले शुल्क लागु गर्ने,एक जना पर्यटकलाईत्यहाँ जान निषेध गएिको छ, त्यसलाई पनि खुल्ला गराई दियौं । रुविभ्यालीमा केही पूर्वाधारहरुको विकास हामीले ग¥यौं । केहि संस्थाहरु सँग सहकार्यहरु गरेर प्रोजेक्ट ह्याण्डलिङ ग¥यौं । दुई सय भन्दा बढी मजदुरले ज्याला पाई राखेका थिएनन्, तिनीहरुको ज्याला पाउने अवस्था सिर्जना ग¥यौं ।

यी विविध कामहरु सँगै हामीले हाइकिङको आयोजना गर्यौ । पचासौं देशको प्रतिनिधित्व गर्ने वाणिज्य दुतहरुलाई बोलाएर नेपालको पर्यटनको प्रवद्र्धन कसरी गर्ने भन्ने बारेमा छलफल गर्यौँ ।  ६-६ वर्ष देखि टान, नाथम र नेपाल माउण्टेन एकेडेमी सँग सहकार्य गरेर तालिम आयोजना गर्नु पथ्र्यौ त्यो बेला देखि रोकिएको थियो । त्यसलाई हामीले सुचारु ग¥यौं । टान मैले नेतृत्व लिदै गर्दा खेरि साढे चार करोड भन्दा बढी ऋण डुवेको रहेछ । कार्यक्रम गर्ने तर पैसा नतिर्ने स्थिति रहेछ । पैसाकै कारणले टान निकम्मा भएको अवस्था थियो । टान अहिले आफ्नो खुट्टामा उभिन सक्ने अवस्था छ ।

अहिले सबैले पत्याउन सक्ने खालको बनाएको छु । मेरै कार्यकालमा ऋणमुक्त संस्था बनाएँ । कर्मचारीको अस्तव्यस्त थियो तिनीहरुको व्यवस्थित बन्ने कोशिस गरिएको छ । अहिले धेरै कुरामा सुधार आएको छ । विषौं वर्षदेखि काम गरि रहेका कर्मचारीहरु न काम गर्ने न कसैले भन्ने नटेर्ने अवस्था थियो । अहिले पनि केहि समस्याहरु त छन् तर धेरै सुधार भइसकेका छन् । मुख्यतः टानले पर्यटनका व्यवसायीका समस्याहरुलाई सम्बन्धित निकाय सम्म पु¥याउने हो । विगतका नेतृत्व भन्दा मैले बढि काम गरेको जस्तो मलाई लाग्छ ।

विगतका नेतृत्वले उठाएका एजेन्डा पूरा गर्न नसकेकै कारण टान कमजोर भएको भन्ने बुझाई छ नि ?
कति पनि सुनुवाई भएनन् भन्नु गलत हो । टानको सदस्यता संख्या पनि ठूलो छ । टिम्सको रकमको बारेमा विगत चार पाँच वर्षदेखि वहस छलफल हुँदै आएको छ । यसै कारणले पनि टान अलि विवादित हुन पुगेको हो । अर्को कुरा अलि बढि राजनीति पनि हुने, व्यवसायिक ढंगले नेतृत्व लिने भन्ने राजनीतिक ढंगले अगाडि बढ्ने थियो । कसैको दवावमा परेर काम गर्ने लगायतका कारणले टान अलि विवादित बन्यो । तर मैले हस्तातरण गर्दै जाँदा टानलाई फेरि मान्छेहरुले सकरात्मक ढंगले बुझ्ने खालको बनाएको छु । नेपालको सबैभन्दा सम्बृद्ध र शसक्त संस्था हो भनेर चिन्ने वातावरण हामीले सिर्जना गरेका छौं ।

व्यवसायिक हितमा आएका टिम्सका एजेन्डामा अझै बहसै मात्र गर्ने की समस्याको समाधान पनि खोज्ने ?
समाधान गर्ने भनेर म आए देखि नै लागि रहें । बल्लबल्ल पाँच जनाको एउटा कार्यदल बनेको छ । पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल बनेको छ । यो कार्यदलले अब आफ्नो प्रतिवेदन बनाउँदै छ । एक डेढ हप्ता भित्र यो प्रतिवेदन तयार भएर सबैको लागि समस्या समाधान हुने र आउने दिनहरुको टिम विवादरहित ढंगले कार्यान्वय हुने खालको प्रतिवेदन तयार गरेर सचिवलाई बुझाउनेछांैं । मन्त्रालयमा सर-सल्लाह गरेर त्यो समस्या समाधान गर्नका लागि कार्यान्वयनमा जाने वातावरण बन्छ । टिम्सलाई अझ शसक्त रुपमा कार्यान्वयन गर्नु पर्छ ।

अब टानमा नयाँ नेतृत्व आउँदैछ । कस्तो नेतृत्व आउनु पर्छ ? तपाईँ कसलाई अगाडि बढाउँदै हुनुहुन्छ ?
व्यवसायीको मर्म भावना बुझेको, टानलाई पनि अझ निरन्तरता दिन सक्ने खालको नेतृत्व नै आउँछ भन्ने मैले विश्वास लिएको छु । राम्रो नेतृत्व आउनु हुन्छ । राम्रो नेतृत्व ल्याउनका लागि मेरो पनि केहि जिम्मेवारी हुने गर्दछ । त्यसमा म पनि गृहकार्य गरी रहेको छु । आशा गरौं आउने टानको नेतृत्व एकदमै शसक्त,टानलाई बुझेको, नेपाली पदयात्रा राम्रो सँग बुझेको, मार्गनिर्देशन राम्रो गर्न सक्ने, सबैसँग समन्वय गर्न सक्ने, व्यवसायिकहरुलाई एकतावद्ध बनाउने खालको व्यक्ति आउनुहुन्छ ।

टानमा वर्सेनि व्यवसायिक भन्दापनि राजनीतिक नेतृत्व हाबी हुन थाल्यो भन्ने आरोप पनि छ नि ?
हुन त संसारमा सबै चिजको कुरा छिनोफानो राजनीतिले नै गर्छ । स्वस्थ राजनीति हुनु राम्रो कुरा हो । केहिदिन अगाडि टानका पूर्व अध्यक्षहरुलाई बोलाएर प्रस्ताव राखेको छु । अब सर्वसम्मत नेतृत्व चयन गर्नको लागि तपाईहरुले भूमिका खेलि दिनु पर्यो । सहयोग गरिदिनु पर्यो, चुनावमा नजाऔं, जाने भए समुह बनाएर गए भयो । राजनीतिक आस्था र विचारका भरमा अगाडि नवढौं । यसले बढी तिक्तता ल्यायो । व्यवसायिक मान्छेले आउन सकेनन् भन्ने पनि साथीहरुलाई चिन्ता भएको हुनाले मैले आब्हान गरेको छु । अहिले पनि म वार्ता सम्वादमा छु । हेरौं यो वार्ता सम्वादले कतिको सार्थकता पाउँछ । मेरो प्रयास चाहिँ सर्वसम्मत व्यवसायिक नेतृत्व ल्याउनका लागि नै हुन्छ ।

हामी नेपाल भ्रमण वर्ष २०२० मा छौं । पर्यटन व्यवसायीहरु भ्रमण वर्षको कार्यान्वयन उप–समितिप्रति असन्तुष्ट छन् भन्ने कुरा सुनिन्छ । तपाईँहरु असन्तुष्ट किन ?

त्यस्तो छैन । नेपाल भ्रमण वर्ष २०२० घोषणा गरियो त्यसमा हामी सबै उत्साहित थियौं । सही समयमा भयो भन्ने पनि लागि रहेको थियो । यसमा मूल समिति र अर्को कार्यक्रम कार्यान्वयन उपसमिति पनि छ । तिनीहरुमा पर्यटन व्यवसायीका निजी संस्थाहरु सामेल छन्, केहि छुटेका थिए उनीहरु पनि फेरि थपिएका छन् । एक समय उपसमितिले केहि गति नलिन सकेपनि पुनः नयाँ मन्त्री आउनु भएको छ । बैठक छलफलहरु भइरहेका छन् । जति बाहिर हल्ला भइरहेको छ, व्यवसायीहरु त्यस्तो असन्तुष्ट छैनन् । हामी सहयोग गर्न तयार छौं भनेर सबै पर्यटन व्यवसायीहरु भन्नुहुन्छ ।

नेपाल सरकारले २०२० मा २० लाख पर्यटकहरु भित्र्याउने भनेको छ, २० लाख कस्ता खालका पर्यटक हुन् । हामी गुणस्तरमा ध्यान दिन्छौं कि संख्यामा ?
हामी यी दुवैमा ध्यान दिन्छौं । संख्याको मात्रै कुरा गरेर मात्रै हुँदैन । हामीले पर्यटक खोजेको हो । जसले खर्च गर्छ, रोजगारी सिर्जना गर्छ, जसले हामीबाट सेवा सुविधा लिन्छ त्यस्तो पर्यटक हामीले खोजेको हो । संख्याले मात्र हुँदैन । संख्याको साथ–साथै पर्यटकहरुको गुणस्तर कुरा पनि हो ।

हामीले १९९८ र २०११ मा पनि भ्रमण वर्ष मनायौं । तर, ती त्यति सोचेअनुरुप जस्ता भएनन् । अब नेपाल भ्रमण वर्ष २०२० सफल होला र ?
ती भ्रमण वर्ष आशिंक सफल भए । त्यतिखेरको राजनीतिक अवस्था अस्थिर थियो । सरकार परिवर्तन हुन्थ्यो । राज्यले निजी क्षेत्रलाई हेर्ने नजर फरक थियो । त्यस्तो बेलामा आशिंक सफल भयो भने अहिले त्यो अवस्था बदलिएको छ । देश स्थायी ढंगले अगाडि बढिरहेको छ । राज्यले पनि पर्यटनलाई अलि महत्व दिएको जस्तो छ । त्यो बेलाको भन्दा अहिले सफल हुन्छ । मान्छेको भ्रम के छ भने भ्रमण वर्ष २०२० भन्ने वितिकै सबै यसले नै पुर्याई दिन्छ भन्ने छ । हामी २०१९ मा तयारी गछौं । २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं भने २०२१ मा ३० लाख पर्यटक भित्र्याउँछौं ।

तपाईँ एक जिम्मेवार व्यक्ति हो । अबको नेतृत्व चयन गर्ने तपाईँको पनि मुख्य भूमिका हुन्छ । टानमा अब कस्तो व्यक्ति आउँछ ?
यसमा हामी सबै इमान्दार हुनुपर्छ । सबै राजनीतिक विचारसँग त आवद्ध हुन्छन् नै त्यस सँगसगै बढी अनुभवि व्यवसायी र व्यवसायिक धर्म, मुल्य मान्यतालाई आत्मसाथ गर्ने खालको नेतृत्व आउछ भन्नेमा म विश्वस्त छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.