युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त, उपाध्याय नबिलमा जाने

  २०७६ भदौ ११ गते ९:११     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा भरतबहादुर कार्की नियुक्त भएका छन् । उनले मंगलबार बीमा समितिका अध्यक्ष समक्ष सपथग्रहण लिएका छन् ।

एनई ग्रुपबाट प्रतिनिधित्व गरेका उदयकृष्ण उपाध्यायले पदबाट राजनीमा गरेपछि उनको ठाउँमा कार्कीले प्रतिनिधित्व गरेको हुन् । उपाध्याय नविल बैंकको सञ्चालक समितिमा जाने भएपछि युनाईटेड छोडेको स्रोतले बतायो ।

सन १९७२ मा त्रिभुवन विश्वविद्यायलमा अर्थशास्त्र विषयको गोल्ड मेडलिष्ट कार्कीसँग बैंकिङ, बीमा र परामर्श सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुुभव छ ।

‘बैंकिङ र बीमा क्षेत्रमा लामो अनुभव छ । युनाईटेड इन्स्योरेन्सलाई अहिलेको अवस्थाबाट धेरै अगाडि बढाउनु छ’ उनले विकासन्युजसँग भने ।

उनी कृषि विकास बैंकमा २ वर्ष महाप्रबन्धक भएका थिए भने वित्तीय क्षेत्र सुधार कार्यक्रम चलेको बेलामा नेपाल बैंकमा ६ वर्ष अध्यक्ष भएका थिए । त्यहिबेलामा नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्ष भएर काम गरेका थिए ।

उनी विश्व बैंकले सहयोग गरेका ग्रामिण खानेपानी विकास बोर्ड, व्यवसायिक कृषि तथा व्यापार परियोजना कार्यक्रमहरुमा संलग्न हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.