कृषि तथा पशुपन्छी बीमामा सरकारको साथ, वर्सेनि अनुदान रकम बृद्धि

  २०७६ भदौ ११ गते ९:००     सुनिता पुडासैनी


काठमाडौं । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिंदै कृषि बीमा अनुदान रकम बढाएको छ । पछिल्ला दुई वर्षमा सरकारले कृषि बीमाका लागि कृषकहरुलाई १ अर्ब १ करोड ४६ लाख ६५ हजार रुपैयाँ अनुदान प्रदान गरेको बीमा समितिले जनाएको छ ।

कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा २४ करोड ८२ लाख ३९ हजार ८०७ रुपैयाँ अनुदान रकम बृद्धि गरिएको छ । आव २०७४/७५मा ३८ करोड ३२ लाख ०३ हजार १०८ अनुदान दिइएको यो भने २०७५/७६ मा ६३ करोड १४ लाख ४२ हजार ९१५ रुपैयाँ प्रदान गरेको बीमा समितिको तथ्याङमा उल्लेख छ ।

यता, पशुपन्छीतर्फ सरकारले आव २०७५/७६ मा ६० करोड ११ लाख १८ हजार ३३७ रुपैयाँ अनुदान प्रदान गरेको छ । कृषकहरुबाट ८० करोड १४ लाख ९४ हजार ७८१ रुपैयाँ बीमा शूल्क संकलन भएको र २३ करोड ९३ लाख ८५ हजार ५५६ रुपैयाँ दाबी भुक्तानी भएको बीमा समितिले जनाएको छ ।

यसैगरी पशु पालनतर्फ ४४ करोड ७७ लाख ७२ हजार ८८१ रुपैयाँ अनुदान प्रदान गरिएको छ । पशुपालक कृषकहरुबाट ५९ करोड ७० लाख ३४ हजार १७४ रुपैयाँ बीमा शुल्क संकलन भएको जनाइएको छ ।

त्यस्तै गतवर्ष माछापालनका लागि २ करोड १९ लाख १६ हजार ९६४ रुपैयाँ अनुदान प्रदान गरिएको र २ करोड ९२ लाख २२ हजार ६१९ रुपैयाँ बीमा शूल्क संकलन भएको थियो ।

बीमा समितिको तथ्याङ्क अनुसार बीमा शूल्क संकलन पनि पछिल्लो समय बढ्दै गएको छ । पछिल्लो दुई वर्षमा १ अर्ब ३५ करोड २८ लाख ६५ हजार बीमा शूल्क संकलन भएको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.