अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनका लागि रातो बङ्गला फाउण्डेसन र शिक्षा मन्त्रालयसँग एनसेलको सहकार्य

  २०७६ भदौ १० गते ९:५८     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन २०१९को आयोजना गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनसँग सहकार्य गरेको छ । सहकार्य अन्तर्गत आयोजना गरिएको तीन दिने सम्मेलन सोमबार समापन भएको छ ।

उक्त तिन दिने सम्मेलनमा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारी कर्मचारीहरु, शिक्षकशिक्षिकाहरु लगायत नेपाली तथा विदेशी सोधकर्ताहरुको सहभागिता रहेको थियो । गरेर सिक्ने र प्रारम्भिक बाल्यकाल विकास विधिमा केन्द्रित हुँदै सम्मेलनका दौरान ७५ वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए भने ६० वटा कार्यशालाहरु संचालन भएका थिए ।

सम्मेलनमा ३०० जना सरकारी विद्यालयका शिक्षकशिक्षिका सहित सातै प्रदेशका ५५ जिल्लाबाट ७०० जनाभन्दा बढिको सहभागिता रहेको थियो । त्यसैगरी, प्रशिक्षका रुपमा अमेरिका, सिंगापुर, भारत, चीन र बंगलादेशका विज्ञहरुको उपस्थिती रहेको थियो ।

शिक्षा क्षेत्रको विकासकालागि सहभागिहरुलाई ज्ञान र विषेशज्ञता प्रदान गर्दै सशक्तिकरणमा योगदान पुर्याउनु एनसेलको यस सहकार्यको उदेश्य रहेको छ । दोस्रो अन्र्तराष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनले शिक्षाक्षेत्रसँग सम्बन्धित सीप प्रशिक्षण र प्रारम्भिक शिक्षाको विकास जस्ता क्षेत्रहरुको सुधारमा पनि महत्वपूर्ण भुमिका खेल्नेछ ।

सम्मेलन शनिवार शुरु भएको थियो । ‘२०३० सम्ममा सबैलाई सुरक्षित र गुणस्तरीयशिक्षामा समानपहुँच पुर्याउने सरकारको विद्यालय क्षेत्र विकास योजना (एसएसडिपी) अन्तर्गतको लक्ष्यबालबालिकालाई प्रारम्भिक चरण देखिनै कक्षामा गुणस्तरीय शिक्षाप्रदान गरेर मात्रै हाषिल गर्न सकिन्छ । गरेर सिक्ने विधिमा जोड दिदै आयोजना गरिएको यो सम्मेलन हाम्रा बालबालिकाहरुको लागि अति महत्वपूर्ण छ,’ उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले भने ।

सोमबार आयोजना भएको समापन समारोहमा प्रतिनिधि सभाका शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीको उपस्थिति रहेको थियो । सरकारी विद्यालयहरुमा सुधारका लागि नीतिगत तहमा छलफल भईरहेको उनले बताईन् । उनले सम्मेलनमा सहभागी शिक्षक शिक्षिकाहरुलाई आफुले सम्मेलनमा बटुलेका ज्ञान बालबालिकाक ाविकासका लागि कक्षाकोठा लगेर बाँड्न सुझाइन् ।

‘एसएसडिपीको लक्ष्य प्राप्तिका लागि सरकारको रणनीतिक योजनामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौं’– एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।

यस अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलनपश्चात सातै प्रदेशमा यसै आर्थिक वर्षभित्र बालविकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित भई कार्यशालाहरु आयोजना हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.