मन्त्री भट्टराईका एक वर्षिय कार्ययोजना : हवाई सेवा विस्तारदेखि साँंस्कृतिक सम्पदा सुधारसम्म

  २०७६ भदौ ९ गते १८:३३     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगश कुमार भट्टराईले आफ्नो एक वर्षभित्र प्राथमिकतामा परेका कार्ययोजनाहरुको सूचि प्रस्तुुत गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो प्राथमिकतामा परेका र एक वर्षभित्र सम्पन्न गर्न सकिने कार्ययोजनाहरु प्रस्तुत गरेका हुन् ।

उनले आफु मन्त्री भएको यो अवधि सम्म मन्त्रालय अन्तर्गतका विविध विषयहरुमा समय लगाएको बताउँदै अब काम गरेर देखाउने समय रहेको उल्ल्लेख गरे ।  उनले अब देखि आफ्नो विशेष प्राथमिकतामा परेका विषयहरुलाई अघि सारेर सक्रिय भूमिका खेलेर एक वर्षलाई परिणाममूखि बनाउने प्रतिबद्धता जनाए । उनले आफ्ना प्राथमिकतामा परेका विषयहरु सार्वजनिक गर्दै सबैभन्दा पहिले कानुनी तथा नीतिगत सुधार गरेर अघि बढ्ने बताए ।

कानुनी तथा नीतिगत सुधार

मन्त्री भट्टराईले आफ्नो प्रमुख प्राथमिकता कानुनी तथा नीतिगत सुधार रहेको बताउँदै नागरिक उड्डयन क्षेत्रमा नियमक र सेवाप्रदायक निकायकाे अलगअलग व्यवस्था हुनेगरी नयाँ कानुनहरू तर्जुमका लागि विध्येकके मर्स्याै नेपाल सरकरकाे मन्त्री परिषदमा पेश गर्ने, नेपाल वायुसेवा निगमलाइ सार्वजनिक कम्पनीका रूपमा सञ्चालन गर्नको लागि अावश्यक कानुन संसोधनकाे मर्स्यैदा नेपाल सरकार मन्त्री परिषदमा पेश गर्ने,  होटल रेष्टुरेन्ट लगायत पर्यटकिय सेवाको गुणस्तरीयता गर्ने गरी मापदण्ड जारी गर्ने रहेका छन् ।

यस्तै  नेपालमा नागरिक उडड्यनको विश्वसनियता वृद्धि गर्न केप टाउन कन्भेन्सन सम्मेलन गर्न मन्त्री परिषदमा पेश गर्ने, नागरिक उडड्यन क्षेत्रलाई युरोपियन युनियन सिग्नीफिकेन्स सेफ्टी कन्सर्नबाट हटाउन आवश्यक पूर्व शर्तहरु पुरा गर्ने, संघियताको अवधारणा अनुरुप तोकिएको पर्यटन सेवाहरु प्रदेश सरकार अन्तर्गतबाट सञ्चालन गर्ने गरी हस्तातरण गर्ने रहेका छन् ।

पर्यटन क्षेत्रको विकास र भ्रमण वर्ष २०२०

पर्यटन क्षेत्रको विकास र भ्रमण वर्ष २०२० लाइ सफल पार्न  सात वटै प्रदेशमा नेपाल भ्रमण वर्ष २०२० को भव्य सुभारम्भ गर्ने, नेपाल भ्रमण वर्षको लागोलाई प्रिमियम लिगहरुको क्लवसँग सम्झौता गरी अन्तराष्ट्रिय फुटवल मार्फत प्रवद्र्धन गर्ने प्रयास गर्ने , मास्टर अफ एडभेन्चर टुरिजम स्टडीज अध्ययन शरु गर्ने, अन्तराष्टिय चेन होटल र विमान कम्पनी सँग सयुक्त रुपमा प्रवद्र्धन र प्याकेज सञ्चालन गर्ने लगायतका योजनाहरु एक वर्षभित्र सम्पन्न गर्ने बताए ।

यस्तै नागरिक उडड्यन क्षेत्र तर्फ प्रयोगमा नआएका विमानस्थललाई एअर स्पोर्ट एक्टीभिटी सेन्टरको रुपमा विकास गर्ने, त्रिभुवन विमानस्थलको एअर ट्राफिक व्यवस्थापन गर्न काठौमाडौं नजिकको रामेछाप विमानस्थलको स्तरोन्नती गर्ने, दुर्गम स्थलका विमानस्थललाई प्रोत्साहन गर्ने लगायतका रहेका छन् । ७० वर्षको जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत भाडा छुट व्यवस्था गर्ने प्रमुख प्राथमिकता रहेको बताए ।

संस्कृति तथा पुरातत्व

उनले वार्षिक कार्ययोजना पत्र प्रस्तुत गर्दै भुकम्पले क्षतिग्रस्त संस्कति सम्पदाको पुर्ननिर्माण गर्ने,काठमाडौ भित्रका राष्टिय सम्पदाहरुमा युनेस्कोको चासो सम्बोधन हुने गरी कार्ययोजना बनाई कार्यान्वयन गर्ने लगायतका कामहरु एक वर्षभित्र सम्पन्न गर्ने बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधार मन्त्री भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारका लागि अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्राम स्थल लगायतका महत्वपुर्ण क्षेत्रमा सिसि क्यामेराबाट प्रत्यक्ष लगानी गर्ने बताइएकाे छ ।

यस्तै भौतिक पूर्वाधारको विकास गर्ने, आन्तरिक उडान तर्फ सम्माननियलाई मात्र विमानस्थल नजिक गाडी लिएर जान पाइने व्यवस्था गर्ने, विमानस्थल भित्रमा पाईने फुडको मूल्य निर्धारण गर्ने, विमानस्थल भित्रको भद्दा विज्ञापन हटाई आधुनिक विज्ञापनको व्यवस्था मिलाउने , अध्यागमन विभाग सँगको समन्वयामा वायुमेट्रीक सेवा यात्रु जाँच प्रविधी र अनलाईन भिषा र इ–पेमेन्टको व्यवस्था गर्ने कार्ययोजना रहेको उनले उल्लेख गरे ।

नेपाल वायुसेवा निगम सुधार

उनले नेपाल वायुसेवा निगम सुधारको लागि निगमको वाइवडी रियाद र गोन्जाउ उडान गर्ने, निगमका सबै विमान सञ्चालनमा ल्याइने, निगमका टिकटलाई अनलाईन विक्रीमा लैजाने, उडान रद्ध र यात्रु जानकारी उडान भन्दा २ घण्टा अगाडी जानकारी गराउने बताएका छन् ।

पशुपति क्षेत्र विकास

उनले साँस्कृतिक सम्पदा पशुपति क्षेत्रको विकास गर्न अशक्त बृद्धलाई पशुपतिको चारै ढोका नजिक पुग्नको लागि आर्थिक भौतिक पूर्वाधारको व्यवस्था गरिने, मन्दिरमा इ–पुजा सञ्चालन गर्ने बलगायतका कार्ययोजना रहेको बताए । यस्तै लुम्बीनी क्षेत्रको विकास तर्फ गौतम बुद्ध र मायादेविको ऐतिहाकि डकुमेन्ट्री बनाइने, त्यस क्षेत्रमा सुविधा सम्पन्न अष्पताल बनाई, तेस्रो वल्र्ड बुदिस्ट सम्मेलन गर्ने बताएका छन् ।

जनकपुर क्षेत्र विकासको लागि पनि आधुनिक विबाह मण्डप तयार गर्ने, रामजानकीको डकुमेन्ट्री तयार गर्ने लगायतका कार्यहरु गरिने उनले बताए । मन्त्री भट्टराईले वार्षिक कार्ययोजनामा उल्लेख गरेका कार्ययोजना मात्र आफ्नो प्राथमिकतामा पर्ने नभई समग्र विषयमा आफ्नो ध्यान आकर्षित भएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.