किताब यात्रा र केसिएल अस्ट्युट क्यापिटलबीच सहकार्यको सम्झौता

  २०७६ भदौ ९ गते १४:१६     विकासन्युज

काठमाडौं । किताब यात्रा प्राइभेट लिमिटेड र केसिएल अस्ट्युट क्यापिटल लिमिटेडका बिच सम्झौता भएको छ । आफ्ना ग्राहक, शेयरधनी र कर्मचारी वर्गलाई थप सेवा, सुविधा तथा छुट प्रदान गर्न द्विपक्षिय संस्थागत सहकार्यको लागी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त समारोहमा किताब यात्राका प्रमुख कार्यकारी अधिकृत ऋषिराम अधिकारी, वित्त तथा कानून सल्लाहकार सन्तोस ज्ञवाली र केसिएल अस्ट्युट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र प्रमुख संचालन अधिकृत अशोक सुवेदीले हस्ताक्षर गरेका थिए।

उक्त सम्झौता अनुसार केसिएल अस्ट्युट क्यापिटलले किताब यात्राका ग्राहक, शेयरधनी र कर्मचारीलाई लगानी व्यवस्थापन सेवाको वार्षिक व्यवस्थापन शुल्कमा ३३ प्रतिशत छुट प्रदान गर्ने छ भने किताब यात्राले केसिएल अस्ट्युट क्यापिटलका ग्राहक, शेयरधनी र कर्मचारीलाई विभिन्न विधाका किताब खरिदमा ५ प्रतिसत छुट प्रदान गर्नेछ ।

अब यात्रा गर्नेछ किताब तपाईंको दैलोसम्म’ भन्ने नारासहित किताब डेलिभरी तथा कर्पोरेट लाइब्रेरी स्थापनामा लागेको किताब यात्राले अनलाइबाटै स्वदेश तथा विदेशमा सोझै खरिद गर्ने सकिने प्ल्याटफर्म निमार्ण गरेको हो ।

अन्य देशमा व्यापक रूपमा यो संस्कृतिको विकास भएता पनि नेपाली बजारमा धेरै कम मात्रामा पुस्तकको अनलाइन व्यापार भएको पाइन्छ । किताब यात्राले नेपाली साहित्यको विकाससँगै नेपाली पाठकलाई लक्षित गरी यो काम सुरु गरेको छ ।

केसिएल अस्ट्युट क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन प्रदान गर्नको लागी अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी (मचेन्ट बैंकर) हो । यस संस्थाले नेपालको पूजी बजारमा लगानी गर्ने इच्छा भएका तर नेपालको पूजी बजारबारे जानकारी नभएका साथै नेपालको पूजी बजारबाट हुने फाइदाबारे जानकार रहेका तर आफ्नो लगानीको उचित निगरानी गर्ने समय नभएका व्यक्तिलाई लगानी व्यवस्थापन दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.