पूर्व न्यायाधीश श्रेष्ठद्वारा मन्दिरलाई एघार लाख सहयोग

  २०७६ भदौ ९ गते ११:३३     विकासन्युज

धादिङ । धादिङका ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ सहयोग गरेका छन् ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका धादिङबेँसीका श्रेष्ठ उनका छोरा अधिवक्ता नारायण कुमारको तर्फबाट शान्तबजारमा रहेको राधाकृष्ण मन्दिर सञ्चालनको लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गरिएको हो ।

४० वटाभन्दा बढी कानूनी पुस्तक प्रकाशन गरिसकेका पूर्वन्यायाधीश श्रेष्ठले किताब बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको बताए । मन्दिरका संरक्षकसमेत रहेका श्रेष्ठले राधाकृष्ण मन्दिर आफैँ बनाइदिएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.