कृषि तथा पशुपन्छी बीमामा बढ्यो आकर्षण, एकवर्षमै ६ अर्ब ८७ करोड बीमाङ्क रकम बृद्धि

  २०७६ भदौ ९ गते ९:३०     सुनिता पुडासैनी

काठमाडौं । कृषि तथा पशुपन्छी बीमातर्फ पछिल्लो समय आकर्षण बढेको छ । एक वर्षको अवधिमा ६ अर्ब ८७ करोड ५७ लाख ६५ हजार ५०४ रुपैयाँ बीमाङ्क रकम बढेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ११ अर्ब ८५ करोड २ लाख ७ हजार २८५ रुपैयाँ रहेको बीमाङ्क रकम आर्थिक वर्ष २०७५/७६ मा बढेर १७ अर्ब ८९ करोड १३ लाख ९४ हजार ८३३ रुपैयाँ पुगेको बीमा समितिले जानकारी दिएको छ ।

सरकारले बाली तथा पशुपन्छी क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि विसं २०७० सालदेखि कृषि तथा पशुपन्छी बीमा कार्यक्रम सञ्चालन गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा बालीतर्फ ५३ करोड २१ लाख ४६ हजार ६६५ बीमाङ्क थियो भने हाल ३० करोड २० लाख ३१ हजार २९० रुपैयाँ बढेर २०७५/७६ मा ८३ करोड ४५ लाख ७७ हजार ९५६ रुपैयाँ पुगेको छ । त्यस्तै पशुपन्छी बीमातर्फ भने ६ अर्ब ५७ करोड ३३ लाख ३४ हजार २१२ रुपैयाँ बढेको छ ।

एक वर्षकै अबधिमा ११ अर्ब ३१ करोड ८० लाख ६० हजार ६२० रुपैयाँ रहेको पशुपन्छी बीमाङ्क बढेर २०७५/७६ मा १७ अर्ब ७२ करोड ५९ लाख ७२ हजार ७८९ रुपैयाँ पुगेको बीमा समितिले जानकारी दिएको छ ।

सरकारले कृषकलाई सहजता प्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष अनुदान रकम विनियोजन गर्दै आएको छ । कृषकलाई बीमा सम्बन्धी जानकारी प्रदान गर्नका लागि कृषि बीमा सम्बन्धि विभिन्न जनचेतना मूलक कार्यक्रम ल्याईरहेको बीमा समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.