नेपालको पहिलो बीमा कम्पनीले गर्यो मर्जमा जाने औपचारिक निर्णय, ७.५% बोनस पास

  २०७६ भदौ ८ गते २०:३५     विकासन्युज

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७०औं वार्षिक साधारण सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी बिषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गरेको छ । नेपालको पहिलो बीमा कम्पनीको रुपमा बि.सं. २००४ साल आश्विन ८ मा स्थापना भएको कम्पनीले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो ।

साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनश सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा आइतबार एयरपोर्ट होटलमा भएको साधारणसभाले को आ.व. २०७४/७५ कोे वार्षिक प्रतिवेदन पास गरेको छ । यस कम्पनीले ४६ शाखा र २९ सेवा केन्द्र गरी ७६ स्थानबाट निर्जीवन वीमा अन्तर्गत सम्पत्ति बीमा, मोटर, सामुन्द्रिक, इन्जिनियरिङ्ग, हवाई, विविध तथा लघु वीमा अन्र्तगत विभिन्न वीमा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

जानकारहरुको अनुसार नेपाल इन्स्योरेन्स कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सबीच मर्जरको प्रयास भईरहेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पनि साधारणसभा गरेर मर्जरमा जाने निर्णय गरेको छ । विजनेश, नेटवर्थ, नाफा, प्रतिसेयर आम्दानी, सेयरको बजार मूल्य समान भएको र प्रमोटर पनि मिल्दो जुल्दो भएकाले यी दुई कम्पनीको मर्ज सजिलै हुन सक्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.