सामाजिक सुरक्षा कोषले रोजगारदाता र श्रमिकको सम्वन्ध प्रगाढ बनाउँछ : मन्त्री विष्ट

  २०७६ भदौ ८ गते १८:५४     विकासन्युज

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा कोषले रोजगारदाता र श्रमिकको सम्वन्ध प्रगाढ पार्ने बताएका छन् । आइतवार काठमाडौंमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र होटल संघ नेपालबीच भएको अन्तर्किया कार्यक्रममा बोल्दै उनले कोषले दुवै पक्षलाई खुसि पार्ने भएकोले सम्बन्ध पनि प्रगाढ पार्ने बताएका हुन् ।

सरकारले नागरिकको सुरक्षाको आधार प्रदान गर्ने गर्नको लागि सामाजिक सुरक्षा कोष कार्यक्रम ल्याएको बताउँदै मन्त्री विष्टले दिर्घकालिन रुपमा रोजगारदातालाई पनि सहयोग पुग्ने बताए । होटल व्यवसायले पर्यटको आतिथ्यताको व्यवस्थापनमा महत्त्वपूर्ण योगदान गरेको बताउँदै उनले सबै साना ठुला होटलहरुको सत्कार र सद्भावले पर्यटक आगमनमा पनि बृद्धि हुन सक्ने बताए ।

‘सरकारले हाटललाई हतोत्साहित गर्दैन’ उनले भने, ‘दुनियाँको सबै देशमा यो पुरानो अभ्यास हा नेपालको सन्दर्भमा सामाजिक सुरक्षा कोष नयाँ भएकोले बुझ्न गाह्रो भएको हो, यसको कार्यान्वनमा सबैले सहयोग गर्नुपर्छ । ’ सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा हाल सम्म धेरै प्रयासहरु भएको बताउँदै सामाजिक सुरक्षा योजना सन्चालन, सामाजिक सुरक्षा योजना लागू, नयाँ सर्भर खरिद गरि जडानको कार्य भइरहेको, कल सेन्टर स्थापना लगायत कार्यहरु गरिएको बताए ।

उनले सामाजिक सुरक्षाको अवधारणाका बारेमा आम नागरिकमा थप स्पस्टता पार्न जरुरी रहेको बताउँदै त्यसको लागि सुविधाको बारेमा व्यापक प्रचार प्रसार, कोषको कानुनी व्यवस्था लगायतका विषयमा स्पष्टता पार्न जरुरी रहेको बताए ।  कार्यक्रममा सहभागी होटल व्यवसायीहरुले सरकारको सामाजिक सुरक्षा कोषले साना होटल व्यवसायीहरुलाई नकरात्मक प्रभाव पारेको बताउँदै होटल साना होटल व्यवसायीहरुलाई नै व्यवसायबाट पलायन गर्न खोजेको होकी भन्ने प्रश्न गरेका थिए ।

प्रश्नको उत्तर दिदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले सबै श्रमिकहरुलाई समान नीति ल्याएको बताउँदै यसको कार्यान्वनले सबैको हित हुने बताए । उनले चारवटा स्किमहरू पिन ल्याएकाे बताए । सकारले साउन १ गते देखि सामाजिक सुरक्षा कोष लागु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.