कर्णाली प्रदेशमा नेपाल पूर्वाधार सम्मेलनको तयारी

  २०७६ भदौ ८ गते १८:१७     विकासन्युज


काठमाडौँ । नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप कर्णाली प्रदेशको सुर्खेतमा भदौ ८ छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्य सचिव केवलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाही मन्त्रीले परिसंघले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशका केही गेमचेन्जर परियोजनाहरु प्रस्तुत गर्ने बताए । कर्णाली प्रदेशले सम्भावित करिव एक दर्जन परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

त्यस्तै कर्णाली प्रदेशले समेत निकट भविश्यमा लगानी सम्मेलन आयोजना गर्ने र सो सम्मेलनमा परिसंघको सहयोग महत्वपूर्ण हुने पनि मुख्यमन्त्री शाहीले उल्लेख गरे ।

यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी कार्यक्रम तय भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.