आइसीएफसी फाइनान्सले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने, ग्लोबल आइएमई बिक्री प्रबन्धक नियुक्त

  २०७६ भदौ ८ गते १८:०६     विकासन्युज


काठमाडौँ । आईसीएफसी फाइनान्स लिमिटेडले २ लाख कित्ता डिबेञ्चर निष्काशन गर्ने भएको छ ।

डिबेञ्चर निष्काशन गर्न आइतबार ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।

२,००,००० कित्ता डिबेञ्चर प्रति कित्ता अंकित मूल्य रु.१,०००/-को दरले हुने कुल रकम रु.२०,००,००,०००/-(अक्षरेपी बीस करोड मात्र) निष्कासन तथा विक्री गर्ने सम्बन्धमा दुवै संस्था बीच सम्झौता सम्पन्न भएको हो ।

उक्त डिबेञ्चर ७(सात) वर्षका लागि वार्षिक १२ % ब्याजदरमा प्रत्येक ६/६ महिनामा ब्याज पाउने गरी निष्कासन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.