बर्जर पेन्ट्सले ल्यायो ‘बर्जर कलर स्प्ल्यास’ योजना, भाग्यशालीलाई ५ लाख पुरस्कार

  २०७६ भदौ ८ गते १७:४९     विकासन्युज


काठमाडौँ । नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन(नेपाल) प्रालिले बडादशैं र तिहारको अवसरमा बर्जर कलर स्प्ल्यास योजना आरम्भ गरेको छ । यो योजना भदौ १ गतेदेखि कार्तिक मसान्तसम्म लागू गरिएको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत १०० वर्ग फिट सिल्कइलुसन डिजाइनको स्योर सट उपहार प्राप्त गर्न बर्जर पेन्ट्सका ग्राहकहरुले छानिएका ब्राण्डहरु खरीद गर्नु पर्नेछ ।

यो योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद रु.५ लाख र २ जोडीले लण्डन ट्रिपको अवसर प्राप्त गर्नेछन् । अन्य पुरस्कारहरुमा ३२ इन्चको सामसुङ्ग एलइडी टिभि २५ जनालाई, आन्तरिक ट्रिपहरु ५० जोडीलाई र सामसुङ्ग मोबाइल फोन १०० जनालाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

उपभोक्ताहरुले बर्जर पेन्टले रँगाइएका बाहिरी र भित्री भित्ताहरुको फोटो अपलोड गरेर डिजिटल प्रतियोगितामा पनि भाग लिन सक्नेछन् र सहभागीहरु मध्ये ३३ जनाले विभिन्न पुरस्कारहरु जित्न सक्नेछन् । घरधनीहरुले यस योजनाका बारेमा विस्तृत रुपमा जानकारी लिन नजिकैको बर्जर डिलरहरुसँग सम्पर्क राख्न सक्नेछन् ।

यो योजना बर्जरका प्रमुख उत्पादनहरु जस्तैः वेदर कोट लङ लाइफ, वेदर कोट अलगार्ड एक्सपी, वेदर कोट अलगार्ड, वेदर कोट एन्टि डस्ट, सिल्कग्ल्यामर एक्सपी, सिल्क ब्रेथ इजि, सिल्कलक्जरी, इजिक्लिन एक्सपी र इजिक्लिनमा लागू गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.