अब नेपालमै पत्ता लाग्छ वंशानुगत रोगको संभावना, भारतभन्दा ५० प्रतिशत सस्तो

  २०७६ भदौ ८ गते १९:०५     डोमी शेर्पा

काठमाडौं। वंशानुगत रोगलाई सजिलै पत्ता लगाउन सकिए कति जनाको जीवन सुन्दर हुन्थ्यो होला ? नेपालमा के छ यसको अवस्था ? यही प्रश्नहरुको उत्तर दिन  अन्तराष्ट्रिय स्तरमा सबैभन्दा उच्चतम प्रविधिसँगै स्थापना भएको छ ललितपुरको कुसुन्तिस्थित नोभा ईन्टरनेसनल डाईगनोस्टिक ल्याब । ल्याबले सबै किसिमको वंशानुगत रोग पत्ता लगाउने सुविधा ल्याएको छ । नोभाले नेपालमै पहिलोपटक यस्तो ल्याबको संचालनमा ल्याएको हो ।

नेपालमा यसअघि वंशानुगत रोग पत्ता लगाउन रगतका नमुनाहरु भारत पठाउने गरिन्थ्यो, जसले परीक्षण महंगो हुन जानुको साथै मासिक करोडौं रुपैंया परीक्षणको लागि नेपाल बाहिरिने गथ्र्यो  ।

नेपालमै सबै वंशानगुत रोगको पहिचान गर्न सक्ने र नेपालको धन बाहिरिन नदिने उद्देश्यका साथ डा. निलम ठाकुर र डा. बिपिन निस्चल मण्डलको सक्रियतामा डा. उज्ज्वल ठाकुरले ल्याब संचालनमा ल्याएका हुन् । विश्वकै ठुलो कम्पनीको रुपमा गनिने ईबीआईको ट्रेनिङमा गएको बेला डा. ठाकुरहरुलाई एउटा यस्तो मेसिन देखाईय,  जसलाई उनीहरुले नेपालमा ल्याउनै पर्छ भन्ने लाग्यो । मेसिन थियो NGS-5 (Next Generation Sequencer) जसको बिशेषता वंशानुगत स्तन क्यान्सर हुने सम्भावना पत्ता लगाउनु हो ।

त्यसको केही समय लगत्तै ठाकुरको टिमले मेसिनलाई नेपालमा भित्राउने निर्णय गरे । यही मेसिनलाई उनीहरुले नेपाल भित्राएर ल्याब संचालनमा ल्याएसँगै बंशाणुगत हुनसक्ने स्तन क्यान्सरको सम्भाव्यता जाँच अब नेपालमै हुने भएको छ । यती मात्र नभएर ल्याबले डाउन्ड सिन्ड्रम (क्रोमोजोमको असमानताले हुने जन्मजात बौद्धिक तथा शारिरीक समस्या), मस्कुलर डिस्ट्रोफी, व्रेष्ट क्यान्सरको प्रि–स्क्यानिङ जस्ता बंसाणुगत रोग पहिचान गर्ने अत्याधुनिक मेसिन ल्याएको हो ।

डा. ठाकुर र उनका टिमले सुरुमा वंशानुगत रोगमा काम गर्नलाई सानो ल्याब मात्र खोल्ने सोचेका थिए, तर सोच्दै गर्दा एउटालाई पुरा गर्न अर्को मेसिन थप्दै जाँदा ल्याब ठुलै हुनपुग्यो । ललितपुर स्थित कुसुन्ती यातायात कार्यालयबाट अगाडि सातोबाटो जाने बाटो हिंडेपछी नोभा डाईगनोस्टिक ल्याब देख्न सकिन्छ । करिब ५ करोडको लगानीमा ल्याब साउन ३२ गतेदेखी संचालनमा ल्याईएको हो ।अहिले नेपालमा आफुहरुसँग भएको मेसिनहरु अन्य ल्याबमा नभएको नोभा डाइग्नोस्टिक दाबी गर्दछ ।

नोभामा गरिने परीक्षण र त्यसका शुल्क

१। नेक्स्ट जेनेरेसन सिक्वेन्सर (NGS 5, Next Generation Sequnecer)

यसले एक व्यक्तीलाई स्तन क्यान्सर हुने सम्भावना कति छ भन्ने निर्धारणा गर्दछ । स्तन क्यान्सर भईसकेको व्यक्ती अथवा परिवारमा कसैलाई स्तन क्यान्सर भएका व्यक्तीलाई जाँचेर स्तन क्यान्सरको सम्भावना पत्ता लगाउन सकिन्छ ।  भारतमा करिब १ लाख भन्दा बढी पर्ने यो परिक्षण नोभामा गर्नलाई करिब ५० हजार खर्चनु पर्छ ।

२। नन ईनभ्यन्सिभ प्रिन्याटल टेस्टिङ अर्थात जन्मपुर्व गरिने परिक्षण (NIPT or Non Invasive Prenatal Testing)

– यो विधिमा आमाको रगत लिएर बच्चाको अवस्थाको बारेमा जाँच गरिन्छ । बच्चा १२-१३ हप्ताको हुँदासम्म यो परीक्षण गर्न सकिन्छ । यस विधिले बच्चालाई हुन सक्ने डाउन्ड सिन्ड्रम (क्रोमोजोमको असमानताले हुने जन्मजात बौद्धिक तथा शारीरिक समस्या), मस्कुलर डिस्ट्रोफी जस्ता वंशानुगत रोगको पत्ता लगाउन सकिन्छ। यो परीक्षण गर्न २५ देखी ३० हजार सम्म खर्च लाग्नेछ ।

३। प्रडक्ट अफ कन्सेप्सन (POC or Product Of Conception)

– यस विधिको मार्फत कुनै पनि महिलाले आफुले के कारण पहिलो बच्चा गुमाउनु पर्‍यो भन्ने पत्ता लगाउन सक्छन् । विभिन्न कारण हरेक वर्ष हजारौ नेपाली महिलाहरु मिस्क्यारेजको सिकार हुने गर्दछन् । आफ्नो कुन गल्तीको कारण मिस्क्यारेज भयो भन्ने पत्ता लगाउन नसक्दा उनीहरु आफ्नो दोस्रो सन्तान पनि गुमाउने ठुलो सम्भावना बढी हुन्छ । पेटमै बच्चा आफै नाश भएर जानुको ८० प्रतिशत कारण वंशानुगत हुने गर्दछ र बाँकी २० प्रतिशत अन्य कारणले हुने गर्द छ। यस विधि मार्फत बच्चा किन आफै पेटमै नस्ट भएको पत्ता लगाएर अभिभावकले आफ्नो दोस्रो सन्तानको लागि योजना बनाउन सक्छन् ।

४। क्वार्ड मार्कर टेस्ट (Quad Marker Test)

-क्वार्ड मार्कर स्क्रिन, ट्रिपल मार्कर स्क्रिन जस्तै, रगत परीक्षण हो जसले एक महिलालाई उसको गर्भावस्थाको बारेमा उपयोगी जानकारी प्रदान गर्दछ । यो परीक्षणले केहि निश्चित समस्या हुने सम्भावनाको पूर्वाअनुमान गर्दछ । यधपि यसले यही रोग लाग्ने संभावना छ भनेर बताउँदैन । उदाहरणको लागि, कोलेस्ट्रोल स्क्रिनिंगले रगतमा कोलेस्ट्रोलको मात्रामा आधारित हृदय रोगको लागि एक व्यक्तिको जोखिम निर्धारित गर्दछ, तर यसको मतलब व्यक्तिमा हृदय रोग छ भन्ने हुँदैन। त्यस्तै क्वाड मार्कर टेस्टले कुनै महिला बच्चा जन्माउन कम अथवा बडी जोखिममा छ भन्ने निर्धारण गर्दछ । परीक्षण नतिजा अनिश्चितताहरूको कारणले तपाई के गर्ने भन्ने आफ्नो डाक्टरसँग सल्लाह लिएर निर्धारण गर्न सक्नुहुन्छ । यस परीक्षणको लागि करिब ५ हजार खर्च लाग्नेछ ।

५। क्यान्सर जिन टार्गेट थेरापी (Cancer Gene Target Therapy)

यस परीक्षणको मार्फत क्यान्सर लागि सकेका बिरामीहरुले गर्न सक्ने सम्भावित उपचार पत्ता लगाउन सकिन्छ।

वंशानुगत रोग पत्ता लगाउनु हरेक परिवारको लागि वरदान हो :  डा. उज्ज्वल ठाकुर

यसअघि नेपालमा वंशानुगत रोग पत्ता लगाउने मेसिन नआएको भने होइन । वीर अस्पतालमा आजभन्दा ३ बर्ष अगाडि डा. निलम ठाकुरको नेतृत्वमा बंशानुगत रोग परीक्षणको लागि जेनेटिक ल्याव स्थापना गरिएकोे थियो । तर, त्यस ल्याबमा स्तन क्यान्सरसम्बन्धी सबै किसिमको जाँच हुन सकेको थिएन । तर, नोभा ल्याबको स्थापनासँगै अब कुनै पनि कसिमका बंशाणुगत रोगको लागि विदेशीनुपर्ने बाध्यता अन्त्य हुने डा. उज्ज्वल ठाकुर बताउँछन् ।

विश्वमा मात्रै नभएर नेपालमा पनि महिलाहरुमा स्तन क्यान्सर लाग्नेको संख्या बढ्दै गएको छ । नेपालमा हरेक वर्ष ५ हजार बढी स्तन क्यान्सरका बिरामीहरु देखिने क्यान्सर बिशेषज्ञहरु बताउँछन् । क्यान्सर लाग्नु भन्दा अगाडि क्यान्सर हुने रोगको जिन आफुमा छ अथवा छैनन् भन्ने पत्ता लगाउन सके धेरै महिलालाई यस रोगबाट आफुलाई बचाउन सक्षम हुनेछन् । बंशाणुगत कारण हुनसक्ने स्तन क्यान्सरको सम्भाव्यता जाँचले हर महिलालाई आफ्नो स्वास्थ्य प्रति आफ्नो हकको प्रत्याभुति महसुस गराउनेछ ।

डा. उज्ज्वल ठाकुर

कुनै पनि बच्चा अशक्त जन्मिनु परिवार र बच्चा स्व्यंमको लागि निकै पिडादायिक अवस्था छ। यसले परिवार र बच्चा दुवैलाई मानसिकसँगै आर्थिक समस्या उत्पन्न गराउँछ। तर, यदि बच्चा जन्मिनु अगाडि नै बच्चाको अवस्थामा थाहा पाउने हो भने यस्ता समस्याहरु निकै कम भएर जान्छन् । नोभा डाकिगोनोस्टिक ल्याबद्वारा ल्याईएका यी परीक्षणहरु एउटा स्वस्थ परिवार बनाउन चाहन राख्ने हरेक दम्पतीको लागि वरदान ठहरिन सक्छ । यस्तै बच्चा खेर जाँदा आमाभन्दा ठुलो यातना कसैलाई हुँदैन। तर त्यसको जाँच गराउन नआउने अध्यक्ष ठाकुर बताउँछन् । एउटा परिवारमा एउटा स्वस्थ बच्चा जन्मियोस भन्ने उदेश्यको साथ आफुहरुले यस ल्याबलाई स्थापना गरेको ठाकुर बताउँछन् ।

चाँडै नोभा एप

नोभा डाईगोनिस्टिक ल्याबले अब चाँडै नै नोभा एप पनि ल्याउने तयारी गरेको छ । एप बनिसकेसँगै बिरामीहरुले घरैबाट आफ्नो रिपोर्टहरु हेर्न सक्ने डा. ठाउकुरले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.