स्वालम्बन लघुवित्तले गर्यो महिला कर्मचारीको व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिम

  २०७६ भदौ ८ गते १६:४०     विकासन्युज

काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले विभिन्न कार्यालयमा कार्यरत महिला कर्मचारीहरुका लागि एक दिने महिला कर्मचारी व्यक्तित्व विकास तथा उत्प्रेरणा तालिमको आयोजना गरेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न तालिममा वित्तीय संस्थाबाट संचालित लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी एवं गुणस्तरीय कायम गरी दीगो रुपमा कार्यक्रम संचालन गर्न महिला कर्मचारीको विशिष्ट भूमिका हुने भएको र कर्मचारीको व्यक्तिगत बृत्ति विकासमा समेत टेवा पुग्ने हेतुले तालिमको आयोजना गरिएको हो ।

तालिम समापन समारोहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाको अघिल्लो बर्षको प्रगति र आगामी बर्षको कार्ययोजना सम्बन्धमा जानकारी गराउँदै यस्ता किसिमका तालिमले संस्थाको लक्ष्य अनुरुप कार्यक्रमलाई अगाडि बढाउन सकारात्मक सोचको विकास हुने र उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

तालिममा आफ्नो मन्तव्य राख्दै सहभागीले तालिमबाट सिकेका कुराले कार्यक्षेत्रमा गई कार्यक्रमलाई अगाडि बढाउन थप हौसला मिलेको बताउँदै संस्थाको लक्ष्य अनुरुप कार्य गर्न यस किसिमका उत्प्रेरणामूलक तालिमले ठूलो सहयोग पुग्ने बताए ।

तालिममा व्यक्तित्व विकास, सकारात्मक सोचको विकास र उत्प्रेरणा सम्बन्धी सीप सम्बन्धमा विभिन्न श्रोत व्यक्तिहरुबाट कक्षा संचालन गरिएको थियो । तालिममा केन्द्रीय कार्यालय लगायत विभिन्न शाखा/उपशाखा कार्यालयका ७४ जना महिला कर्मचारीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.