श्रीकृष्ण जन्माष्टमीमा जनता बैंकले बाँड्यो ग्लुकोज पानी

  २०७६ भदौ ८ गते १५:०३     विकासन्युज


काठमाडौँ । जनता बैंकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते पाटन कृष्णमन्दिर र बुढानिलकण्ठस्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।

गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो ।

उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्धपानी र ग्लुकोज पानी उपलब्ध गराइएको बैंकले जनाएको छ ।

सोही अवसरमा बैंकले हरेकृष्णधाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाखनगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । हरेकृष्णधामले हरेक बर्ष कृष्ण जन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन(प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.