नेबिकोको डिलर्स मिट सम्पन्न, लञ्च भयो नयाँ प्रोडक्स ‘बोस बटर क्रेकर’

  २०७६ भदौ ८ गते १३:१०     विकासन्युज


काठमाडौँ । नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी नेबिको प्रालिले डिलर्स मिट सम्पन्न गरेको छ । भदौ ६ र ७ गते डिलर्स मिट सम्पन्न भएको हो ।

पार्क भिलेज रिसोर्टमा आयोजित कार्यक्रममा देशभरबाट १०० जना डिलरहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा डिलरहरुको सल्लाह सुझावपछि आगामी वर्षको लागि कार्ययोजना तयार गरिएको छ ।

सोही अवसरमा नेबिकोको प्रोडक्ट ‘बोस बटर क्राकर’ लञ्च गरिएको छ । सो प्रोडक्टलाई प्रतिष्ठित कलाकार/नायक शिव श्रेष्ठ, कम्पनीका डाइरेक्टरहरु र म्यानेजरहरुले एकसाथ लञ्च गरेका हुन् ।

मूल्य रु. ४० तय सो प्रोडक्ट देशैभर उपलब्ध हुने ब्राण्ड म्यानेजर अरुण पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.